इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

कोलम्बो । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी […]

सम्बन्धित सामग्री

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहज रूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको जनाइएकाे छ । श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र […]

इन्धन र औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

कोलम्बो – चरम इन्धन र औषधि अभावले श्रीलंकाका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन्। शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो। चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्। श्रीलंकाले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण […]

चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुने अवस्थामा

काठमाडौँ- चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्तामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी औषधि […]

कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।