नेप्सेले फुकुवा गर्‍यो बिशाल बजार कम्पनीको शेयर कारोबार

वैशाख ८, काठमाडौं ।  बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार दोस्रो बजारमा फुकुवा भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले उक्त कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।  कम्पनीले आव २०७३/ ७४,०७४/ ७५,०७५/ ७६,०७६/ ७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/ ७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु राखेको(अपलोड)  गरेको छ  ।   साथै कम्पनीले लेखापरिक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भए पछि यथाशिघ्र साधारण सभा सम्पन्न गर्ने पनि बताएको छ । उता नेप्सेले अव आइन्दा कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको पनि बताएको छ । अव कम्पनीको शेयर कारोबार बिहीवारबाट खुला हुने छ । 

सम्बन्धित सामग्री

बजार बढेसँगै ८ ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि

जेठ २, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार बढेसँगै आठ ओटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।  यसदिन कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि भएको हो ।योदिन सबैभन्दा बढी रू रू जलविद्युत् परियोजनाको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८० पुगेको हो । कम्पनीको शेयर कारोबार आएको आइतवार १० औं दिनसम्म लगातार सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । त्यसैगरी शिखर इन्स्योरेन्सको शेयर मूल्य  ९ दशमलव ९७ प्रतिशत,समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ ।  यसैगरी प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत,बरुण हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ७६ प्रतिशत र बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ  ।  बजार बढेसँगै यी आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । शिखर इन्स्योरेन्सको हकमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बीमा समितिबाट स्वीकृती पाउनुका साथै इक्रा नेपालबाट राम्रो क्रेटिड रेटिङपाएपछि लगानीकर्ताको आकर्षण बढेको हो । कम शेयर मूल्य भएका कम्पनीहरुको शेयरमा लगानीकर्ताले बजार बढ्न थालेसँगै ठूलो मात्रमा खरीद गरेकाले वृद्धि भएको देखिन्छ ।  यसदिन शिखर इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.२ हजार १२८,समता घरेलु लघुवित्तको रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको रू. २२२,प्रोग्रेशिभ फाइनान्सको रू. २२२,बरुण हाइड्रोपावरको रू ३२४, आइएमई जनरल इन्स्योरेन्सको रू. १ हजार २६० र बिशाल बजार कम्पनीको रू. ६ हजार ४७९ पुगेको छ ।

आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएका २०७ ओटा कम्पनी मध्ये सबैभन्दा बढी सिन्धु विकास बैंक र बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।  यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । बिशाल बजार कम्पनीको हकमा कम्पनीको शेयर कारोबार तीन महीनादेखि रोक्का रहेको थियो । तीन महीना पछि शेयर कारोबार खुला हुँदा लगानीकर्ताको आर्कषण बढेको हो ।  बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १६८ पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू.२८६, महिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ९४२, ग्रीन डेभलपमेण्ट बैंकको रू. २३२, ज्योति लाइफ इन्स्योरेन्सको रू. ९०८ र एनसीसी बैंकको रू. ३४६ पुगेको हो ।

तीन महीनापछि खुलेको बिशाल बजार कम्पनीको शेयर मूल्य १० % वृद्धि

वैशाख ९, काठमाडौं ।  बिशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य तीन महीनापछि दोस्रो बजारमा शेयर कारोबारमा आएको छ ।   बिहीवार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रू. ३ हजार १६५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत माघ १८ गतेदेखि उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।  कम्पनीले आव २०७३/ ७४,०७४/ ७५,०७५/ ७६,०७६/ ७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/ ७८ को पुस मसानत सम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु अपलोड गरेको छ  ।  साथै कम्पनीले लेखापरिक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भए पछि यथाशिघ्र साधारण सभा सम्पन्न गर्ने पनि बताएको छ ।  नेप्सेले कम्पनीले सचेत गराउँदै कम्पनीको रोक्का रहेको धितोपत्र बिहीवारदेखि नै कारोबार हुने गरी फुकवा गरेको हो ।