साझेदारी लगानीमा वडा भवन

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कुल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।      स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए । वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गरिँदै आएको छ । ‘विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ,’ साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० ओटा दुर्गम वडा गाभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ । वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । रासस

सम्बन्धित सामग्री

देवघाटमा साझेदारी लगानीमा वडा भवन निर्माण

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी […]