बल्ल प्रकाशित गर्‍यो तारागाउँ रिजेन्सी होटल्सले दोस्रो त्रैमासिक वित्तीय विवरण, रू. १२ लाख ५९ हजार नोक्सानीमा

फागुन ३०, काठमाडौं । तारागाउँ रिजेन्सी होटलस्ल लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ८ करोड ७५ लाख नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १२ लाख ५९ हजारमा झरेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा रू.२६ करोड ४७ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमाससम्ममा रू.२ करोड ३८ लाख थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड रहेको छ  भने जगेडामा रू.२४ करोड २१ लाख सञ्चित रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य  दशमलव शून्य ७ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११६ दशलमव १५ रहेको छ । अहिले पनि कोरोना भाइरसको जोखिम कायम रहेकाले व्यवसाय प्रभाव पर्न गई नोक्सानी हुन गएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । साथै यसको असर कहिलेसम्म रहन्छ भनि अनुमान गर्न सक्ने अवस्था नरेको भए पनि घट्दो आम्दानीलाई ध्यानमा राख्दै खर्चहरुमा मितव्ययीता कटौती तथा नियन्त्रण गरी नोक्सानी सकेसम्म घटाउने प्रयास जारी रहेको कम्पनीले बताएको छ । कम्पनीले कोरोना भाइरसको प्रभावमा कमि  आई पर्यटकीय गतिविधि बढ्नासाथ तयारी अवस्थामा रहेको स्पेसल्ली रेष्टुरेन्टसञ्चालन गर्ने, आक्रामक विक्री रणनीती बनाई बजारमा नयाँ स्वाद पस्कने पनि बताएको छ । साथै कम्पनीले स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै गाह्रकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गरी विक्री तथा नाफामा सुधार ल्याउने रणनीती बनाई शेयरधनीलाई सकेसम्म  छिटो प्रतिफल वितरण गर्ने लक्ष्य रहेको पनि वित्तीय विवरणमा उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

प्रथम त्रैमासमा तारागाँउ रिजेन्सी होटलको नोक्सानी घट्यो

मंसिर २९, काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवमा रू. ७ करोड ८९ लाख ८१ हजार नोक्सानी व्यहोरेकोमा चालू आवमा घटेर रू. ४ करोड ५५ लाख ४१ हजारमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ३५ लाख ११ हजार पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने कम्पनीले जगेडामा रू. १९ करोड ८० लाख ३० हजार सञ्चित गरेको छ । कम्पनीले जगेडा कोषमा गत आवको पहिलो त्रैमासमा रू. ३८ करोड ४४ लाख ३३ हजार सञ्चित गरेको थियो । त्यसैगरी, चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ४१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६४ रहेको छ ।