सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । स्पष्टिकरण पत्रमा निर्ध