काठमाडौं : जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले आज प्रहरीमा उपस्थित बताएका छन्। सामाजिक सञ्जालमार्फत शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन्।आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको उनले बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्।एक नाबालिग गा