तपाईं जंगलमा लामो पदयात्रा गरेको, चराहरूले चिर्बिराएको सुनेको र रुखलाई छोएको कति भयो ?
महामारीका बेलामा मानिसहरू हिँडेको, हाइकिङ गरेको र हरियोपरियो ठाउँमा गएको देखियो । तर जंगल स्नानको अवधारणा अझै पनि नौलै छ ।
जापानमा विकसित गरिएको शिनरिन योकुलाई नेपालीमा जंगल स्नान भन्न मिल्छ ।
यो भनेको प्रकृतिको समीपमा गएर थेरापी लिने हो । जंगलमा आफ्ना पाँचै ज्ञानेन्द्रियलाई सक्रिय बनाउने र रुखको छत्रछायाँमा बस्ने काम हो ।
यसका फाइदाहरू अनेकौं छन् ।
जापानमा डा चिङ लीले सन् २००४ मा जंगल ...