‘वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्वमाझ एक्ल्यायो’

काठमाडौं : नेपाली कांग्रेस निकट राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूले वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्व जगतमाझ एक्ल्याउँने काम गरेको निष्कर्ष निकालेका छन्। कांग्रेस नेता डा शेखर कोइरालाद्वारा आयोजित ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियाका सहभागीहरुले भूराजनीतिको जटिल अवस्थामा रहेको नेपालको कूटनीतिलाई हल्का रूपमा प्रस्तुत गरेर मुलुकलाई नै

सम्बन्धित सामग्री

लघुवित्तमा स्रोतको दिगो व्यवस्थापन: आन्तरिक र बाह्य स्रोतमा दिगोपना आवश्यक

बैंकिङ क्षेत्रको तरलताले लघुवित्त क्षेत्रको वित्तीय स्रोतलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । बैंकिङ क्षेत्रमा तरलता अधिक वा न्यून हुँदा लघुवित्त संस्थाको वित्तीय स्रोत संकलन कार्य क्रमश: सहज र कठिन हुने गर्छ । सामान्यतया बैंकिङ क्षेत्रमा तरलताको उपलब्धताले ब्याजदर निर्धारण हुने गर्छ । बैंकिङ क्षेत्रको ब्याजदरले लघुवित्त संस्थाको वित्तीय स्रोत संकलनको लागत प्रभावित हुने भएकाले लघुवित्त संस्थामार्फत प्रवाह हुने कर्जाको मात्रासमेत घटबढ हुने गर्छ ।  कोभिडको समयमा बैंकिङ क्षेत्रमा भएको अत्यधिक तरलताले आधार दरभन्दा कम ब्याजदरमा लघुवित्त संस्थाले विपन्न वर्ग कर्जा सापटी पाएका थिए भने कोभिडको समाधानपछि तरलतामा संकुचन आई यस्तो ब्याजदर १५ प्रतिशतसम्म पुगेको थियो । हाल तरलता सहज भएकाले ब्याजदर घट्ने क्रममा रहेको छ । कोभिड काल एउटा प्रतिनिधिमूलक समय मात्र हो, लघुवित्त क्षेत्रले यस्तो अवस्था अनेकौंपटक भोग्दै आएको छ । यसरी कोषको लागतमा हुने उतारचढावले लघुवित्त संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको पाइन्छ । त्यसैले लघुवित्त संस्थाको वित्तीय स्रोतको लागतमा स्थायित्व ल्याउन वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्छ । यसो गर्न सकेमा कोषको प्राप्तिमा सहजता आई यस क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको समस्याको पहिचान र त्यसको समाधान विषयमा अध्ययन गरिरहेका बेला यस क्षेत्रको वित्तीय स्रोतको अवस्था र यसको दिगो व्यवस्थापनका लागि चाल्नुपर्ने कदमको बारेमा चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ ।  समूह सदस्यहरूबाट संकलन गरिने बचत, गैरसदस्यबाट निक्षेप, विपन्न वर्ग सापटी र डिबेन्चरबाट संकलित रकम नै लघुवित्त संस्थाको वित्तीय स्रोत हुन् । संस्थाले प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न पाउने व्यवस्था रहेको छ । २०७९ चैत मसान्तको तथ्यांक अनुसार ५७ ओटा खुद्रा कर्जाप्रदायक लघुवित्त संस्थाको बचत/निक्षेप संकलन रू. १६७ अर्ब (४९.५ प्रतिशत) र विपन्न वर्ग कर्जा सापटी रू १६९ अर्ब (५०.५ प्रतिशत) रहेको छ भने डिबेन्चरबाट हालसम्म रकम संकलन गरिएको छैन । यसरी कुल वित्तीय स्रोतमा बचतको अंश झन्डै ५० प्रतिशत र बाँकी विपन्न वर्ग कर्जा सापटी रहेकोे देखिन्छ । हाल लघुवित्त संस्थाले प्राथमिक पूँजीको ६ दशमलव ८१ गुणा मात्र वित्तीय स्रोत संकलन गरेकाले नियामकीय प्रावधानअनुसार २३ दशमलव १९ गुणासम्म थप वित्तीय स्रोत संकलन गर्नसक्ने अवस्था रहेको देखिन्छ ।  वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण गर्न लघुवित्त क्षेत्रले खेल्दै आएको योगदानलाई दृष्टिगत गर्दै नेपाल सरकारले यस क्षेत्रको स्थायित्व र विकासका लागि वित्तीय स्रोत संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसका लागि राष्ट्रिय लघुवित्त कोषको निर्माण उपयुक्त अवधारणा हुनसक्छ । लघुवित्त संस्थाले हालसम्म आन्तरिक स्रोतबाट मात्रै वित्तीय स्रोत संकलन गर्दै आएको छ । लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको दिगो व्यवस्थापनका लागि हाल भइरहेको आन्तरिक स्रोतमा थप विस्तार गर्दै बाह्य स्रोतको समेत उपयोग गर्नु उपयुक्त हुन्छ ।  आन्तरिक स्रोत लघुवित्त संस्थाले नियमित र स्वैच्छिक गरी दुई प्रकारका प्रोडक्टमार्फत बचत संकलन गर्दै आएका छन् । स्वैच्छिक बचतअन्तर्गत विगतदेखि सञ्चालनमा रहेको पेन्सन बचत नियामकको निर्देशनपछि आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा रहेको छैन । सदस्यको क्षमता र इच्छाअनुसार सानोसानो आकारमा संकलन गरिने पेन्सन बचतले सदस्यको भविष्य सुरक्षित हुुनुको साथै बचत गर्ने बानीको विकास गर्न सहयोग पुर्‍याउँदै आएको छ । भविष्यमा एकमुष्ट रकम फिर्ता पाइने यस्तो बचतबाट ठूलै गर्जो टर्नसक्ने भएकाले यस्तो बचतले सदस्यहरू लाभान्वित हुँदै आएको पाइन्छ । विगतमा भएका कमीकमजोरीलाई थप सुधार गरी यो बचत प्रडक्टलाई पुन: सञ्चालन ल्याउँदा सदस्य र संस्था दुवै लाभान्वित हुने देखिन्छ । त्यसैगरी संस्थामा कार्यरत कर्मचारीको तलबभत्ता संस्थामा नै खाता खोली बचत गर्ने व्यवस्था गर्न सकेमा एकातिर कर्मचारीलाई कारोबार गर्न सहज हुने र अर्कोतिर संस्थाका लागि वित्तीय स्रोतको संकलनको भरपर्दो स्रोत बन्न सक्छ ।  बाह्य स्रोत  वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण गर्न लघुवित्त क्षेत्रले खेल्दै आएको योगदानलाई दृष्टिगत गर्दै नेपाल सरकारले यस क्षेत्रको स्थायित्व र विकासका लागि वित्तीय स्रोत संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसका लागि राष्ट्रिय लघुवित्त कोषको निर्माण उपयुक्त अवधारणा हुनसक्छ । नेपाल सरकार आफैले वा लघुवित्त संस्थासँग गको संयुक्त योगदानमा राष्ट्रिय लघुवित्त कोषको निर्माण गरी वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने कार्य उपयुक्त हुनसक्छ । यसका साथै, वित्तीय प्रणालीमा रहेका सम्झौतामा आधारित बचत गर्ने संस्थाहरू (कन्ट्र्याक्चुवल सेभिङ इन्टिच्युुसन्स) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाको कोषलाई लघुवित्त क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न सके कोषप्रदायक संस्थाले राम्रो प्रतिफलमा सुरक्षित लगानी गर्न पाउने र लघुवित्त संस्थालाई वित्तीय स्रोतको भरपर्दो स्रोत उपलब्ध हुने भएकाले दुवै संस्थाहरू लाभान्वित हुनसक्छन् । वित्तीय क्षेत्रको तालुकी निकाय अर्थ मन्त्रालयमा नेतृत्व परिवर्तन भएपिच्छे लघुवित्त संस्थाका लागि वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने विषय जोडतोडका साथ उठान हुने र त्यसरी नै सेलाएर जाने गरेको कुरा सार्वजनिक हुँदै आएको छ । सरकारका यस्ता क्रियाकलापले यस क्षेत्रलाई निरुत्साहित बनाउँदै आएकाले सरकारले यस विषयलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने देखिन्छ ।  नीतिगत व्यवस्थाको आधारमा संकलन गर्ने बचत लघुवित्त संस्थाको लागि सबैभन्दा भरपर्दो वित्तीय स्रोत हो । हाल नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही तोकिएबमोजिमका बचत संकलन गर्न पाउने प्रावधान रहेको छ । यसरी बचत संकलन गरेपछि बचतकर्तालाई आवश्यक परेको समयमा नियमानुसार स्वैच्छिक बचत फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ । बचत फिर्ता दिँदा संस्थामा वित्तीय स्रोतमा कमी हुन्छ भन्ने संकुचित सोच बनाई बचतकर्तालाई अप्ठ्यारो परेको समयमा बचत फिर्ता नगर्ने प्रवृत्तिले बचत गर्ने कार्यलाई नै निरुत्साहित बनाउँछ । त्यसैगरी सदस्यलाई वित्तीय शिक्षाको माध्यमबाट वित्तीय कारोबारका बारेमा जानकारी दिने, कर्जाको सदुपयोग गरी सदस्यको आयस्तर बढाउनेलगायत कार्यले बचत गर्ने कार्यलाई थप प्रोत्साहन मिल्छ । यसरी सदस्य/बचतकर्तामैत्री वातावरणको निर्माणले सदस्य सन्तुष्ट हुने भएकाले संस्थाको वित्तीय स्रोत संकलनमा सहज अवस्था बन्दै जान्छ ।  लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको सहज र दिगो आपूर्तिले मात्र लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्न सकिन्छ । यसका लागि आन्तरिक स्रोतलाई थप व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकको र बाह्य स्रोतबाट थप वित्तीय स्रोत व्यवस्थापन गर्न नेपाल सरकारको पहल आवश्यक देखिन्छ । त्यसैले लक्षित वर्गलाई वित्तीय पहुँचमार्फत आर्थिक गतिविधिमा संलग्न गराई अर्थतन्त्रको मूलधारमा ल्याउन लघुवित्त संस्थाको भूमिकालाई प्राथमिकता दिँदै वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

उडानमा नेपाल वायु सेवा निगमको उपस्थिति : आन्तरिक र बाह्य दुवैको बजार गुमाउँदै

नेपाल वायु सेवा निगमको कार्य क्षमतामा प्रश्न उठेको धेरै भइसक्यो । यसले आन्तरिक र बाह्य दुवैको बजार अंश गुमाउँदै गएको छ । बाह्य उडानका लागि विमान भएर पनि व्यवसाय गर्न सकेको छैन भने आन्तरिक उडानमा पर्याप्त विमान अभाव झेलिरहेको छ । निगम सुधारका लागि बनेको विभिन्न समितिका सुझावले यसलाई निजीकरण गर्ने वा विदेशी रणनीतिक साझेदार ल्याउने भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।  Nepal Airlines ले अष्ट्रेलियाको सिड्नी उडानका लागि पहल थालेको छ । यूरोपको बजार बन्द भएको अवस्थामा चीन, अस्ट्रेलिया राम्रो विकल्प हुन सक्छ । जापानको ओसाका उडानलाई टोकियोसम्म पुर्‍याउने हो भने त्यो रूट राम्रो हुन सक्छ । चीनसँग पनि पहल थाल्नुपर्छ । चीनबाट दर्जनौं उडान हुँदा नेपालले एक दुई स्लट नपाउने भन्ने हुँदैन । तर, यसका लागि नेपालले पर्याप्त काम नगरेको हो कि भन्ने देखिन्छ ।  अन्तरराष्ट्रिय उडानमा भन्दा राष्ट्रिय उडानमा निगमलाई सजिलो हुन्छ । निगमलाई खण्डीकरण गर्न नसकिए पनि आन्तरिकको व्यवस्थापन अलग शाखाले हेर्ने गरी काम गर्न सकिन्छ । आन्तरिक उडानमा विमान अभाव अहिले ठूलो समस्या देखिन्छ । चिनिया विमान नभएका होइनन् तर तिनलाई उडाउँदा निगमलाई उल्टै घाटा हुने भएकाले नचलाउने निर्णय गरिसकेको छ । यस्तोमा निगमलाई आन्तरिक उडानमा विमान थप्नैपर्ने बाध्यता देखिन्छ । निजीक्षेत्रका बुद्ध, यति आदिले विमान थपिरहेका छन् । तर, निगमले भने पर्याप्त विमान नभएका कारण ती कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नेपालीको आयस्तरमा सुधार भएसँगै विमानबाट यात्रा गर्नेको संख्या बढ्दो छ । साथै, पोखरा, नेपालगञ्ज, भैरहवा, विराटनगरजस्ता ठाउँमा व्यवसायकै लागि पनि आवतजावत गरिरहनुपर्ने अवस्था छ । त्यसैले यी क्षेत्रमा अहिले निजीक्षेत्रले ७२ सीटे विमानबाट सेवा दिन थालेका छन् । तर, निगमसँग यस्तो विमान छैन । यदि विमान थप्न सक्ने हो भने निगमले आन्तरिक बजारमा राम्रो व्यवसाय गर्न सक्छ ।  हुन त निगमलाई निजीलाई भन्दा बढी समस्या पनि देखिन्छ । यात्रु थोरै भएका ठाउँमा जान दबाब दिइन्छ । सरकारी भएकाले राजनीतिक दबाब झेल्नुपर्ने हुन्छ जसका कारण दुर्गम क्षेत्रमा नाफा नभए पनि सेवा दिनुपर्ने बाध्यता हुन्छ । निगमलाई नाफामा लैजाने हो भने त्यस्तो दबाव दिनु पनि हुँदैन र निगमले त्यस्तो दबाब बेवास्ता गर्न पनि सक्नुपर्छ । हो, सरकारी उद्देश्यअनुसार जनतालाई सेवा दिने हो भने सरकारले अनुदान दिनुपर्छ । त्यसो नगर्ने हो भने यो संस्था व्यावसायिक बन्नै सक्दैन । अहिले निगमले आन्तरिक उडानका लागि नयाँ विमान खरीद गर्ने प्रक्रिया शुरू गरेको छ । उसलाई आन्तरिक उडानमा अब्बल बनाउन नयाँ विमान आवश्यक पर्छ । आन्तरिक बजारमा बलियो उपस्थितिले नेवानिको पुरानो शाखलाई जगाउँछ । अत: निगमलाई जतिछिटो नयाँ विमान किन्ने वातावरण बनाइनुपर्छ । हुन त वाइडबडी किनेर व्यवसाय गर्न नसकेकामा निगमको आलोचना भइरहेको छ । यसमा नेवानिको कमजोरी देखिन्छ । तर, कोरोना र ईयूको कालोसूचीका कारणले पनि निगमले बजार पाउन गाह्रो भएको तथ्य बिर्सनु हुँदैन । यस्तोमा नयाँ विमान किन्ने कुरामा सरकारले सहमति दिन्छ कि दिँदैन भन्न सकिँदैन ।  आन्तरिक उडानमा निगमको वर्चस्व स्थापना भएमा अहिलेको भाडादरमा पनि केही कमी आउन सक्छ । त्यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत गर्न सक्छ । त्यसैले निगमले सुगम भेगमा उडाउन ठूला विमान र छोटो धावनमार्गका लागि साना विमान खरीद गर्नुपर्ने हुन्छ । हुन त डिम प्रकाश पौडेल महाप्रबन्धक भएका बेलामा आन्तरिक उडानका लागि सानो र ठूलो गरी ६ ओटा विमान किन्ने योजना सार्वजनिक गरेका थिए । तर, त्यसअनुसार निगम अघि बढ्न सकेन ।  भएका विमान व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको निगमलाई नयाँ जहाज थप्न त्यति सहज भने छैन । वाइडबडी किन्दा लिएको ऋणको साँवा र किस्ता बुझाउन नसकेको निगमलाई ऋण पत्याउने कुनै संस्था छैन, उसले आफ्नो स्रोतले विमान किन्न सक्ने अवस्था पनि छैन । चिनियाँ जहाज विक्री गर्न सकेको खण्डमा त्यसबाट एउटा वा दुईओटा जहाज किन्न मिल्ला तर ती विमान विक्री हुने सम्भावना कमै छ ।  निगममा भएका जहाजको व्यवस्थापन गर्न एकातिर समस्या छ भने अर्कातिर थोरै जहाज भएर पनि समस्या छ । यस्तोमा विश्वासिलो, दक्ष र समर्पित नेतृत्व भएमा निगमले कायापलट गर्न नसक्ने भने होइन । विश्वमा टाट पल्टन लागेका वायु सेवा कम्पनीले पुनर्जीवन पाएका थुप्रै उदाहरण भेटिन्छन् । मुख्य कुरा प्रतिबद्धताको हो र व्यवस्थापनले काम गर्न पाउनु हो । निगमको नेतृत्व छिटोछिटो परिवर्तन भएकाले बढी समस्या भएको हो । यसलाई रोक्न यसमा निजीक्षेत्रको संलग्नता आवश्यक छ ।  कुनै पनि कम्पनीको नेतृत्वले ढुक्क भएर आफ्ना योजना लागू गर्न पाउनुपर्छ । त्यसो भएमा उसको क्षमताको परख पनि हुन्छ । यसका लागि सबै राजनीतिक दलले मन्त्री जोसुकै भए पनि निगममा हस्तक्षेप नगर्ने प्रतिबद्धता गर्नुुपर्छ । यसो भएमा निगममा सुधार पक्कै आउँछ । निगमले नेपालगञ्जबाट रूकुम, ताल्चा, जुम्ला, डोप्ला, बाजुरामा उडान गरिरहेको छ । त्यस्तै काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, दाङ, खानीडाँडा, इलाम, फाप्लु आदि क्षेत्रमा उडान गरिरहेको छ । तर, बढी यात्रु हुने पोखरा, भैरहवा, विराटनगर, नेपालगञ्जजस्ता क्षेत्रमा भने निजीक्षेत्रले उडान गरिरहेका छन् । त्यसैले निगमको नाफाभन्दा सेवा बढी देखिन्छ । निगमलाई यी क्षेत्रमा उडान गर्न पनि थप विमान आवश्यक देखिन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।  #tourism #NepalAirlines

वैदेशिक लगानीको वातावरण खोइ?

अर्थतन्त्रको बाह्य क्षेत्र वर्षको सुरुदेखि नै समस्याग्रस्त देखियो भने आन्तरिक क्षेत्रमा सरकारले राखेका कुनै पनि लक्ष्य पूरा हुन सकेन।...

ऋण लिएर २०२६ सम्म स्तर उन्नति गर्ने लक्ष्य राखेका छाैँ : अर्थमन्त्री शर्मा

काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तराेन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अर्बाैँ […]

नौ महिनामा सरकारले लियो दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण

काठमाण्डाै - सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले यो आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब २२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये साउनदेखि चैतसम्मको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ...

कोभिड–१९ मा होमस्टे : कोही पूर्वाधार विस्तारमा र कोही अलमलमै

सन् २०११ मा नेपाल सरकारले आन्तरिक र बाह्य पर्यटकका लागिसमेत नेपाली संस्कृति, ग्रामीण परिवेश, स्थानीय खानाजस्ता विषयको जानकारी दिने तथा पारिवारिक वातावरणमा पनि रात बिताउन र ग्रामीण परिवेशमा रमाउन चाहनेका...

आजदेखि आन्तरिक र बाह्य उडान बन्द

काठमाडौं। आजदेखि आन्तरिक र बाह्य हवाई उडान पूर्णरुपमा रोकिएको छ। चार्टड र उद्धार उडानबाहेक सबै प्रकारका उडान रोकिएको हो। कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले स्थल यातायातसँगै हवाई उडान पनि रोक्ने निर्णय गरेपछि सबै उडान बन्द भएका हुन्। स्थल यातायात उपत्यकामा निषेधाज्ञा लागेको दिनदेखि बन्द भइसकेका छन्।

आन्तरिक र बाह्य उडान बन्द

सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आन्तरिक र बाह्य दुवै उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले यसअघि गत वर्ष पनि कोभिडको संक्रमण बढेसँगै अघिल्लो वर्षको चैतदेखि हवाई उडान बन्द गरेको थियो ।निर्णयअनुसार आन्तरिक उडान सोमबार मध्यरातदेखि र बाह्य […]

आज रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले आज आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।