मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ।

सम्बन्धित सामग्री

पाँच वर्षपछि रुसमा मोदी–सी वार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच पाँच वर्षपछि बुधबार द्विपक्षीय वार्ता

पाँच वर्षपछि मोदी र सीबिच पहिलो द्विपक्षीय वार्ता

भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरुबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

नयाँदिल्ली, २५ भदौ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको […]

मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तानको समरकन्द सहरमा अयोजना हुन लागेको साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । सोही शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनसँगै प्रधानमन्त्री मोदीले उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग पनि द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको […]

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनबाट हुन लागेको यो पाँचौँ भ्रमण हो । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास दुवै देशका जनताले गरेका छन् । यसैबीच, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ । भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ । रासस

देउवा र माेदीले मायादेवीको मन्दिरमा प्रार्थना गर्ने, द्विपक्षीय वार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

देउवा–मोदी द्विपक्षीय वार्ता

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा आपसी सम्बन्ध र सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटमा जलवायु […]