काभ्रेको मतपेटिकाभित्र ‘गठबन्धनलाई भोट नदिनु’ लेखिएको चिट भेटियो

काभ्रे : देशभर झैँ काभ्रेमा प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना भइरहेको छ। बुधबारसम्म काभ्रेका कुनै पनि निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन सकेको छैन।सामान्य रूपमा बुझ्दा मतपेटिकामा मतदाताले आफूले रुचाएको उम्मेदवारलाई मत दिएको मतपत्र हुन्छन्। त्यसमा बढी भए मतदाताले खसालेको मतपत्र सदर र बदर वा खाली हुन्छन्।तर काभ्रे(१ को प्रदेश सभा (क) तर्फको एक मतपेटिकामा भने केही लेखिएको चिट आदि भेटिएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका-७ को एक मतदान केन्द्रको मतपेटिकामा गठबन्धनलाई भोट नदिनु 

सम्बन्धित सामग्री

भरतपुर महानगरको मतपत्रमा लेखियो–एमसीसी मूर्दावाद !

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए । उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता र

भरतपुरमा भोट राख्न चिटको साहारा

भरतपुरमा मत राख्न चिटको साहारा लिएको पाइएको छ। भरतपुर स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा सत्तारुढ गठबन्धनको चिट फेला परेका छन्।