मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा रुसी दूतावास अगाडि धर्ना दिएको छ । युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित समाजले दूतावास अगाडि धर्ना दिएको हो । आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुसः युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर, युक्रेनमाथि आक्रमण बन्द गरलगायतका शान्ति विशेष लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका