दाङ : घोराही उपमहानगरपालिका-१६ की उषा धामीले गार्मेन्ट व्यवसाय गर्न एउटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिइन्। त्यसपछि उनीले चौतारी, आशा लगायत अहिले १० वटा लघुवित्तबाट करिब १५ लाख ऋण लिएकी छन्।शुरुमा गार्मेन्टबाट राम्रो आम्दानी भए पनि कोरोना महामारीका कारण व्यवसाय बन्द भएपछि उनले किस्ता तिर्नका लागि एकपछि अर्को संस्थाबाट ऋण लिदै जाँदा अहिले उनको उठिबास लागेको छ।उनले लघुवित्तलाई किस्ता तिर्नका लागि मिटर ब्याजमा पैसा ल्याएर दिँदा आफ्नो करोडको सम्पत्ति गएको र घरमा पनि राम्रो सम्बन्ध नभएको बताइन