डेनमार्क दोस्रो चरणमा, रुस ४–१ ले पराजित

डेनमार्कलाई अन्तत युरो च्याम्पियनसिपमा खुसी मनाउने बहाना मिलेको छ । आन्द्रेस क्रिष्ट्रिन्सेन र जोआकिम माइल्लेले अन्त्यतिर दुई गोल गर्दा रुसविरुद्ध डेनमार्क ४–१ ले विजयी भयो । ड्याम्सगार्डले ३८ मिनेट गोल गर्दै डेनमार्कलाई अघि बढाएका थिए, युसुफ पाउलसेनले ५९ मिनेटमा अग्रता दोब्बर पारे । ७० मिनेटमा डिजुबाले रुसबाट गोल फर्काउँदा खेल २–१ को अवस्थामा थियो । त्यसपछि दुबैले आक्रमणमा जोड दिए । ७९ मिनेट क्रिस्टेन्सन र ८२ मिनेटमा माइल्लेले गोल गर्दा फिनल्यान्ड ४–१ ले विजयी भयो । 

सम्बन्धित सामग्री

युरोकप छनोटमा इटली र डेनमार्क विजयी

२८ असोज, काठमाडौं । युरो कप २०२४ को छनोट खेलमा इटली र डेनमार्क विजयी भएका छन् । समूह सीअन्तर्गत भएको खेलमा इटलीले माल्टालाई ४-० ले पराजित गरेको हो । इटलीका लागि डोमेनिको बेरार्डीले दुई तथा जिअकोमो बोनेभेन्टुरा र डेभिड फ्रास्टेरीले एक/एक गोल गरे । जितपछि इटली पाँच खेलबाट १० अंक जोडेर समूह सी को दोस्रो […]

विश्वकप छनोटको अन्तिम खेलमा डेनमार्क स्कटल्याण्डसँग पराजित

३० कात्तिक, काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ । यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २-० ले पराजित भएको हो । घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे । डेनमार्क १० […]

डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा

एजेन्सी। चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले एक/एक गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए। डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। १९९२ मा डेनमार्क युरो च्याम्पियन बनेको थियो। सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो । अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक […]

युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । […]

डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]

डेनमार्क युरो कपको क्वाटरफाइनलमा, वेल्स ४-० गोलले पराजित

वेल्सलाई २-० गोलले पराजित गर्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ। प्रिक्वाटरफाइनलको खेलमा डेनमार्कले शनिबार वेल्सलाई ४-० गोलले हरायो। डेनिस टोलीको जितमा दुई गोल कास्पर डलबर्गले गरे। फ्रेन्च क्लब निसका लागि खेल्दै आएका यी २३ वर्षीय स्ट्राइकरले २७ र ४८ औँ मिनेटमा गोल गरेका थिए। ८८ औँ मिनेटमा जोवाकिम माएलले गोल गरेका थिए। ९० औँ मिनेटमा […]

बेल्जियम युरोकपको दोस्रो चरणमा, डेनमार्क बाहिरिने खतरा

काठमाडाैं : दोस्रो खेलमा पनि पराजय भोगेपछि डेनमार्क युरोकपको समूह चरणबाटै बाहिरहेको छ। उसलाई आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले २-१ गोलअन्तरले पराजित गरेको हो। युसुफ पोलिसनको मद्दतमा खेलको दोस्रो मिनेटमै गोल गरेर आक्रमक सुरुवात गरेको डेनमार्क दोस्रो हाफमा सम्हालिन नसक्दा दुई गोल खान पुग्यो। बोरुसिया डर्टमुन्डका थोर्गन हाजार्डले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरे भने आज डेब्यु गरेका म्याचेस्टर सिटीका केभिन ड्रि बुनले ७० औं मिनेटमा गोल गर्दै

युरोकप : डेनमार्क फिनल्याण्डसँग पराजित

काठमाडौं।युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएकाे छ। फिनल्याण्डले प्रमुख प्रतियोगितामा पहिलो पटक जित हात पारेको हो।पहिलो हाफको अन्तिमतिर डेनमार्कका क्रिष्टियन एरिक्सन मैदानमै बेहोस भएपछि रोकिएको खेल अस्पतालमा उनको होस आएपछि पुनः भएको हो। खेलको ५९ औं मिनेटमा पोहजान्पालोले फिनल्याण्डका लागि गोल गरे। ७४ औं मिनेटमा पाएको पेनाल्टीमा होब्जर्ग गोल गर्न चुकेपछि डेनमार्क पराजित भयो।