ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’

फुटबलमा जितहार 'स्कोर'बाटै निर्धारण हुन्छ। कसले कति स्कोर गर्‍यो? विपक्षीको पोस्टमा कति गोल वर्षायो – त्यहीअनुसार टिम र खेलाडीको रेटिङ बढ्छ। त्यसैले स्ट्राइकरसँग, सेन्टर ब्याक, राइट ब्याक र लेफ्ट ब्याकमा उत्रिएका खेलाडीहरु पनि विपक्षीको पोस्टमा आफ्नो प्रहार परोस् भनेर प्रेरित हुन्छन्। कतार विश्वकप २०२२ मा अहिले सर्वाधिक चर्चामा रहेका दुई खेलाडी…

सम्बन्धित सामग्री

युरोपमा चर्कियो ऊर्जा संकट

बिजुली र ग्यासको प्रयोग नघटाएमा युरोपमा चरम ऊर्जा संकट हुने र विभिन्न मुलुकमा लोडसेडिङ हुने देखिएको छ । रुसले नर्डस्ट्रिम–१ पाइपलाइनमार्फत आपूर्ति हुँदै आएको ग्यास पूर्ण रूपमा कटौती गरिदिएपछि युरोपभर आगामी जाडोयाममा लोडसेडिङ हुने देखिएको हो । ऊर्जाको प्रयोग नघटाएमा जाडोयाममा बेल्जियम, जर्मनी, फ्रान्स, बेलायत, स्पेन, स्विट्जरल्यान्ड यूकेलगायत दर्जनौं मुलुकमा लोडसेडिङ हुने अधिकारीहरूले जनाएका छन् ।

मध्य अफ्रिकी गणतन्त्रमा बिट्क्वाइन बन्यो आधिकारिक मुद्रा

वैशाख १५, ब्याङ्गुई (मध्य अफ्रिकी गणतन्त्र) । मध्य अफ्रिकी गणतन्त्रले बिट्क्वाइनलाई मुद्राको रुपमा कानूनी मान्यता दिएको छ ।  यसो गर्ने यो दोस्रो देश बनेको छ । यो विश्वको सबैभन्दा गरिब देशमध्ये पर्दछ । तर उसँग हिरा, सुन र युरेनियम प्रशस्तै छ । दशकौं देखि चलिरहेको युद्धका कारण यो देशको अर्थतन्त्र चौपट भएको छ ।  बुधवार मध्य अफ्रिकी गणतन्त्रका नीतिनिर्माताहरुले बिट्क्वाइनलाई कानूनी मान्यता दिने निर्णयलाई सर्वसम्मत रुपमा पारित गरेका छन् । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष र कयौं अर्थशास्त्रीहरुले  विरोध गरिरहेकै बीचमा एल साल्भाडोर गत वर्ष बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।  बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सीहरु सम्पत्ति शुद्धिकरण लगायत गैरकानूनी गतिविधिहरुमा प्रयोग हुने र यसले वित्तीय अस्थीरताको जोखिम बढाउने चिन्तातर्फ पनि विज्ञहरुले औंल्याइरहेका छन् । यस्ता मुद्राले ठूलो परिमाणमा बिजुली खपत गर्ने र यसले वातावरणलाइ प्रदूषित बनाउने चिन्ता पनि छ । अहिले मध्य अफ्रिकी गणतन्त्रले फ्रान्स समर्थित सीएफए फ्र्याङकलाई आफ्नो मुद्राको रुपमा प्रयोग गरिरहेको छ ।  बिट्क्वाइन अपनाउनुलाई केहीले सीएफएलाई कमजोर बनाउने प्रयासको रुपमा हेरेका छन् । यो निर्णयप्रति स्थानीयहरुले मिश्रीत प्रतिक्रिया दिइरहेका छन् । केहीले स्मार्टफोनबाटै कारोबार हुने भएकोले सामान किन्न झोला भरी सीएफए फ्रयाङ्क लैजानु पर्ने झन्झट नहुने भन्दै खुसी व्यक्त गरिरहेका छन् ।  केहीले भने बिट्क्वाइन अपनाउनुलाई अपरिपक्व र गैरजिम्मेवारपूर्ण व्यवहार बताइरहेका छन् । सन् १९६० मा स्वतन्त्र भएयता अहिलेसम्म पनि मध्य अफ्रिकी गणतन्त्र द्वन्द्वबाट आक्रान्त छ । तर पछिल्लो समय फाउस्तन–आर्काज तोउदेराले राष्ट्रपतिको कार्याभार सम्हालेयता मध्य अफ्रिकी गणतन्त्रले फ्रान्ससँगको साठगाँठ विस्तारै घटाएर रुससँग बढाउने नीति अपनाइरहेको छ । एजेन्सी

कार्यलय समय बाहिर हाकिमले कर्मचारीलाई सम्पर्क गर्नु गैरकानूनी...

मंसिर २, लिस्बन (पोर्चुगल) । पोर्चुगलले नयाँ श्रम कानून पारित गरेको छ । यसमा कार्यालय समय बाहिर कर्मचारीलाई सम्पर्क गर्न हाकिमहरुलाई बन्देज लगाइएको छ । नयाँ श्रम कानूनलाई यही महीनाको शुरुमा पोर्चुगलको संसदले पारित गरेको हो ।  कोरोना भाइरसको महामारीबीच घरबाटै काम गर्ने मानिसहरुको संख्या बढेकै समयमा नयाँ कानून ल्याइएको हो । नयाँ श्रम कानून प्रस्ताव गर्ने डकुमेन्ट अक्टोबरको अन्त्यमा सार्वजनिक गरिएको थियो । यसमा कामदारहरुलाई कम्तिमा पनि ११ घन्टा निरन्तर रात्रीकालीन आरामको अधिकार भएको उल्लेख गरिएको छ । यस अवधिमा उनीहरुलाई आकस्मिक नै नपर्दासम्म हस्तक्षेप गर्न नहुने भनेर बताइएको छ ।  कानूनमा कर्मचारीहरुको वर्क–फ्रम–होमको लागि लाग्ने इन्टरनेट र बिजुली  जस्ता खर्चहरु पनि बेहोर्नु पर्ने भनेर उल्लेख गरिएको छ । यस बाहेक, हाकिमहरुले हरेक दुई महीनाका कर्मचारीहरुलाई आमुने सामुने भेटघाट गर्न सक्ने बताइएको छ । महामारीले टेलिकम्युनिकेटिङलाई ‘गेम चन्जर’को रुपमा देखाएको र कर्मचारीहरुलाई कहाँबाट अनि कसका लागि काम गर्न चाहेको हो भन्ने निर्णय गर्ने अधिकार पनि दिएको पोर्चुगलका श्रम मन्त्री मेन्देस गोदिन्होले हालै लिस्बनमा भएको एक अनलाइन सम्मेलनमा भनेका थिए ।  कानूनको पालना नगर्ने रोजगारदाताहरुलाई जरिवाना पनि  तिराउन सकिनेछ । तर यो कानून १० जना वा सो भन्दा कम संख्यामा कर्मचारी भएका कम्पनीहरुमाथि लागू हुने छैन । यद्यपि, प्रस्तावित सबै नियमहरुलाई कानून निर्माताहरुले अनुमोदन गरेका छैनन् ।  कर्मचारीहरुलाई दिनको अन्त्यमा काम गर्ने उपकरणलाई डिस्कनेक्ट गर्ने वा बन्द गर्ने अधिकार दिने प्रस्तावलाई पारित गरिएको छैन । फ्रान्स र स्पेन लगायत केही यूरोपेली देशहरुले कर्मचारीहरुलाई केही स्वरुपमा ‘डिस्कनेक्ट गर्ने अधिकार’ दिने कानून ल्याएका छन् । बेलायतमा पनि यसको लागि आवाज उठिरहेको छ । कोरोना भाइरसको महामारीबीच मानिसहरुले घरबाट लामो समय काम गरिरहेको पछिल्लो समय सार्वजनिक भएका कयौं डेटाहरुले देखाएका छन् ।