स्थानीय तहको पुनर्संरचनाका बेला राजनीतिक पहुँच नपुग्दा विजयपुरवासीको यात्रा सुगमतिर भन्दा दुर्गमतिर मोडिएको छ । नगरपालिकाको सेवा लिन पुर्चौडी नगरपालिका–१० का विजयपुरवासी एक दिनको पैदल बाटो हिँड्दै आएका छन् । नगरको सेवाबाहेक हाटबजार, क्याम्पस, औषधी उपचारका लागि भने एक घण्टाको दुरीमा रहेको छिमेकी गाउँपालिकाबाट सजिलै प्राप्त हुन्छ । स्थानीय तहको पुनर्संरचनाका बेला साबिकको विजयपुर गाविसलाई १० नम्बर वडामा गाभिएपछि सुगमबाट दुर्गमतर्फ मोडिएको हो ।
उदयपुर, ३ वैशाख । उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् । लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्तौँदेखि […]
ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा उत्पादन हुने कृषि उपज किनबेचका लागि साप्ताहिकरुपमा लाग्दै आएका हाटबजार हराउँदै गएका छन् । यातायातको बढ्दो पहुँच र प्रभावका कारण दुर्गम क्षेत्रमा लाग्ने कृषि हाट हराउँदै गएका हुन् । एक दशक अघिसम्म जिल्लाका विभिन्न १७ ठाउँमा हाटबजार लाग्ने गरेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । तीमध्ये अधिकांश हाट बन्द भएका […]