काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेजमा सोमबार साँझ भएको चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन्। उनी एन्फाका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए। अध्यक्षका अर्का उम्मेदवार फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले भने एक मत पनि पाएनन्। कार्यसमितिका २१ पदका लागि सबै ८४ जनाले नै मतदान गरेका&