राप्रपा नेपालमा थप दुई जना सहमहामन्त्रीमा मनोनित भएका छन् । सो पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् । पार्टीको विधान बमोजिम उनीहरुलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन् ।