विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याज बढाए

माघ महिनाका लागि विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर बढाएका छन् । पुस महिनाको तुलनामा विकास बैंकले ०‍‍.१ र फाइनान्स कम्पनीहरुले ०.३ प्रतिशतका दरले निक्षेपको ब्याज बढाएका हुन् । वाणिज्य बैंकहरुले भने निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

सम्बन्धित सामग्री

कर्जा र निक्षेपको ब्याज अन्तर घट्यो

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । तत्काल ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने प्रतिबद्धता गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि ०.४ प्रतिशत बिन्दुले स्प्रेड घटाएको हो ।