रौतहट : तीज पर्वमा मधेशी समुदायका महिलाहरुको आकर्षण बढेको छ।नेपाली भाषी हिन्दु महिलाहरुको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको हो। अचेल तीजमा श्रद्धा र भक्तिपूर्वक उपवास बस्ने मधेशी समुदायका महिलाको संख्या बढ्दै गएको छ।तराई मधेशमा पहिले पहाडी समुदायका महिलाहरु मात्र हरितालिका तीज मनाउने गर्थे तर पछिल्लो समय मधेशी समुदायका महिलाहरुले पनि हर्षोल्लासका साथ तीजमा व्रत बस्न थालेका छन्।विभिन्न तीज गीतको धुनमा