काठमाण्डाै - आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
आज काठमाण्डौको पशुपति मन्दिरसहित देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामू...