बैतडी : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन्। उक्त कार्यक्रमका लागि आवेदन दिएका २ सय २१ विद्यालयमध्ये ५८ विद्यालय छनौट भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।आइसिटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन्। चालु आर्थिक वर्षमा बैतडीका २१ वटा विद्यालयमा आइसिटी ल्याब स्थापना हुने छ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ।उक्त कार्यक्रममा सबैभन्दा बढी पुर