ओमान नजिक तेल ट्याङकरमा ड्रोनबाट आक्रमण गरिएको थियोः अमेरिकी जलसेना

बीबीसी। अमेरिकी जलसेनाले ओमान नजिक अरब सागरमा तेल ट्याङकर‘मर्सर स्ट्रीट’माथि ड्रोनबाट आक्रमण भएको बताएको छ। आक्रमण गत बिहीबार राती भएको थियो। ड्रोन आक्रमण परी दुई जनाको मृत्यु भएको थियो। अरब सागरमा वर्षौंपछि यसरी व्यापारिक जहाजमाथि आक्रमण भएको हो। हालसम्म घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। इजरायलले भने आक्रमण इरानले गरेको दाबी गरेको छ। इजरायलको आरोपप्रति इरानले कुनै प्रतिक्रिया जनाएको छैन।

सम्बन्धित सामग्री

चीन र भारतले तोड्न सक्लान् विश्व व्यापारमा डलरको एकछत्र राज ?

काठमाडौं । फ्रान्सले हालै मात्रै चिनियाँ मुद्रा युआन (रन्मिन्पी) प्रयोग गरेर तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) किनेको छ । संयुक्त अरब इमिरेट्स ‍(यूएई)बाट गएको महीनाको अन्त्यतिर ६५ हजार टन बराबरको एलएनजी फ्रान्स पठाइएको छ । सोको भुक्तानी युआनमा गरिएको भन्दै हालै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।  चीनको सरकारी तेल कम्पनी सीएनओओसी र फ्रान्सको बृहत् ऊर्जा कम्पनी टोटल इनर्जिजले शाङ्हाई पेट्रोलियम तथा प्राकृतिक ग्यास एक्सचेञ्जमार्फत एलएनजीका लागि पहिलो पटक युआनमा भुक्तानी गरेका छन् । चिनियाँ युआन प्रयोग गरेर फ्रान्सले एलएनजी किनेको यो पहिलो पटक हो ।  तर, फ्रान्सलाई बेचिएको यो तेल आफूले रुससँग किनेको हो भनेर चीनले भनेको छैन । टोटलले भने यूएईबाट एलएनजी ल्याएको भनेर पुष्टि गरेको भए पनि यसको थप विवरणहरू भने खुलाएको छैन । यसलाई धेरैले विश्व व्यापारमा डलरको एकछत्र राज सकिने संकेतको रूपमा हेरेका छन् ।  चीनले पछिल्लो समय रुससँग भारी मात्रामा तेल र ग्यास किनिरहेको छ । विश्व व्यापारमा डलरको वर्चश्व कमजोर पार्न अनि रन्मिन्पी (युआनको अर्को नामलाई) अन्तरराष्ट्रिय मुद्राका रूपमा स्थापित गर्न हालैका वर्षमा चीन लागिपरेको छ । यो लक्ष्य प्राप्तिका लागि तेल तथा ग्यासको कारोबारमा युआनमै भुक्तानी गर्नमा उसले विशेष जोड दिँदै आएको छ ।  गएको वर्षको डिसेम्बरमा साउदी अरब भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सि चिनफिङले तेल र ग्यास व्यापारमा युआनमा भुक्तानीका लागि शाङ्हाई एक्सचेञ्जको पूरा प्रयोग गर्ने घोषणा गरेका थिए । टोटलले यही संयन्त्रको प्रयोग गरेर युआनमा भुक्तानी गरेको हो ।  चिनियाँ युआनले अहिले नै विश्व व्यापारमा डलरको वर्चश्व सखाप भने पार्न सक्दैन । विश्वको मुद्रा सञ्चिति र व्यापार भुक्तानीमा डलरको अनुपात ४१ प्रतिशत छ भने युआनको २ दशमलव ७ प्रतिशत मात्रै छ । युआन डलर‍जतिको स्थिर पनि छैन । गएको वर्षको पूर्वार्द्धमा युक्रेनमा आक्रमण गरेयता पश्चिमी राष्ट्रहरूले लगाएको चर्को प्रतिबन्धबीच रुसले पनि युआन स्वीकार गर्ने क्रम तीव्र भएको छ ।  रुसी अर्थतन्त्रको खम्बा तेलमाथि निशाना बनाउन पश्चिमी देशहरूले कठोर खालको प्रतिबन्धहरू लगाइरहेको समयमा अमेरिकी डलर र यूरोप्रतिको ‘एक्सपोजर’ कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युआन एक मात्रै विकल्प बनेको छ । डलरमाथिको निर्भरता कम गर्न अनि घरेलु मुद्राको अन्तरराष्ट्रियकरण गर्न भारतले पनि हालैका वर्षहरूमा भारतीय रुपया (भारु)मा कारोबार र भुक्तानीमाथि विशेष जोड दिइरहेको छ ।  डलर धेरै बलियो बनेको वा अभाव भएको समयमा विश्वको मुद्रा विनिमय बजारमा उतारचढाव आएर महँगी बढ्ने अनि ब्याजदर अकासिने अवस्थाबीच अहिले भारत र चीनले विश्व व्यापारमा डलरको प्रभुत्व कम गर्न छुट्टाछुट्टै प्रयास थालेका छन् । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले हालै मात्रै तान्जानिया, केन्या र युगान्डासमेतका १८ देशलाई विशेष खालको भोष्ट्रो रुपया खाता खोल्न अनुमति दिएको थियो ।  विश्व व्यापारमा डलरलाई विस्थापित गर्ने बृहत् पहलका रुपमा भारुमै भुक्तानी गर्न सो प्रयास गरिएको हो । आरबीआईले भोष्ट्रो खाता खोल्न दिएका अन्य देशहरूमा बोत्स्वाना, फिजी, जर्मनी, गुएना, इजरायल, मलेशिया, मरिसस, म्यानमार, न्यूजिल्यान्ड, ओमान, रुस, सेशेलस, सिंगापुर, श्रीलंका र बेलायत छन् । भारतका संघीय वित्त राज्यमन्त्री भागवत कृष्णराव कारदका अनुसार आरबीआईले यस्तो खालको ६० ओटा अनुमति दिएको छ ।  यो व्यवस्थाअन्तर्गत भारतीय आयातकर्ताहरूले विदेशी व्यापारीलाई भारुमा भुक्तानी गर्दा भुक्तानी गरेको रकम भोष्ट्रो खातामा जानेछ । भारतीय निर्यातकर्तालाई उसले बेचेको वस्तु र सेवाको भुक्तानी चाहियो भने आयातकर्ताको भोष्ट्रो खातामा रहेको पैसा काटिनेछ । ००० चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय रुस भ्रमणको समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ युआनलाई ‘इन्डोर्स’ गरेका थिए । मार्च २१ मा सि र पुटिनबीच १४ ओटा आर्थिक सम्झौता भएको छ । यसमा वैज्ञानिक सहकार्यदेखि टिभी कार्यक्रम उत्पादनमा सहकार्यका साथै विश्वभर डलरको जगजगी कम गर्ने उपायहरू खोज्नेसम्मका विषयहरू समेटिएको छ । विकासशिल देशहरूमा रुसी लगानीका लागि चिनियाँ युआनलाई प्रयोग गरिने पुटिनले बताएका थिए । रुस अनि एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूबीच भुक्तानीको माध्यमको रूपमा चिनियाँ युआनको प्रयोगको पक्षमा आफूहरू भएको पुटिनले भनेका थिए ।  चीनले युआनलाई सञ्चिति मुद्रा बनाएर विश्वभर सबैले स्वीकार गर्ने मुद्राका रूपमा परिणत गर्ने अनि यसलाई विश्वव्यापी भुक्तानीको माध्यम बनाउने जोड दिइरहँदा युआनको प्रयोग विश्वभर बढेको छ । डलर महँगिएर किन्नै नसक्ने बनेपछि अफ्रिकी अर्थतन्त्रहरूले पनि डलरको सट्टा युआनलाई सञ्चिति मुद्राको रूपमा प्रयोग गर्न थालेका छन् । चीनले बेलायत, सिंगापुर, हङकङ, उत्तर अमेरिकी बजारहरूमा अफशोर युआन भुक्तानी केन्द्र खोलेको छ । यसबाहेक ४१ देशहरूसँगको करेन्सी स्वाप पनि युआनमै छ ।  बेलाबेलामा अमेरिकासँग कहिले राजनीतिक त कहिले व्यापार तनाव बढिरहेको अवस्थामा चीनले आत्मनिर्भर हुन डलरमाथिको निर्भरता सकेसम्म कम गर्न खोजिरहेको छ । डलर बलियो बनेर आफ्नो निर्यात महँगो हुन थालेपछि निर्यातको लागत कम गर्नसमेत विश्व व्यापारमा चीन डलरको प्रयोगलाई सकेसम्म छल्न खोज्दैछ । अहिले डलर सन् १९७१ मा यसको खुला विनिमय शुरु भएयताकै तेस्रो ‘सेक्युलर’ बुलिश अवस्थामा छ । सन् २०२२ को मार्चमा साउदीले पनि चीनलाई बेचिने तेलको भुक्तानी युआनमै गर्न शुरु गर्ने विचार गरेको बताएको थियो । विश्वको वित्तीय प्रणालीमा डलरको प्रभावलाई कमजोर बनाउन नै लक्षित थियो । अहिले विश्वभर किनबेच हुने झन्डै ८० प्रतिशत तेलको भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ । एशियाका दुई ठूला उदीयमान शक्ति राष्ट्रहरूले डलरको प्रभाव कम गर्न अरु देशहरूसँगको व्यापारमा घरेलु मुद्रा प्रयोग गर्ने रणनीति बनाएका छन् । यस्तोमा माल्दिभ्स लगायत अन्य देशहरूले पनि डलरमाथिको निर्भरता कम गर्न खोजिरहेका छन् । यसले डलरको वर्चश्वलाई कस्तो खालको असर पर्ला ? यो भने हेर्न बाँकी नै छ । एजेन्सीहरूको सहयोगमा

‘इरानसँग जारी समुद्री युद्धमा इजरायल एक्लै पर्नेछ’

ईरान र इजरायल दशकौंदेखि एक–अर्को विरुद्धमा कम्मर कसेर लागेका छन्। दुवै देशले एक–अर्कोलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा ठान्छन्। हालैका वर्षहरूमा मध्यपूर्वका यी दुई देशबचि एक लडाइँ चलिरहेको छ, जसलाई ‘छद्म युद्ध’ संज्ञा दिने गरिएको छ। जमिन र आकाशबाट शुरू भएको यो लडाइँ अहिले समुद्री झडपसम्म विस्तार भइसकेको छ। ओमान खाडी नजिक दुवै देशका कयौं पानीजहाजहरूमा आक्रमण भइसकेको छ। जुलाई २९ मा एमबी भर्सर स्ट्रीट जहाज हमलाको निशाना बन्यो। मध्यम आकारको खाली ट्यांकर ताञ्जा

अमेरिका र बेलायतसँगको तनावबीच इरानका राष्ट्रपतिले लिए शपथ

बीबीसी।इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले राष्ट्रपति पदको सपथ लिएका छन्। उनी गत जुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए।रइसीले यस्तो बेला राष्ट्रपतिको सपथ लिएका छन् जतिबेला अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थव्यवस्था एकदमै कमजोर बनेको छ।केही दिनअघि मात्र ओमान नजिक एक ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप इरानमाथि अमेरिका, बेलायत र इजरायलले लगाएका छन्। जसका कारण ती राष्ट्रसँग इरानको तनाव थप बढेको छ।