बागमती सरकारमा थपिए ४ मन्त्री

मकवानपुर । बागमती प्रदेश सरकारले पुर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पुर्णता पाएको हो । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका […] The post बागमती सरकारमा थपिए ४ मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काभ्रे र मकवानपुर जोड्ने निर्माणाधीन पुल अलपत्र

काभ्रे : काभ्रेपलाञ्चोक र मकवानपुरको सिमानामा रहेको बागमती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र रहेको छ। काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित् बामगती खोलामा निर्माणाधीन पुल समयमा नसक्दा अलपत्र परेको हो।२०७४ असार ३० मा महाविर/शिखर.तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने सम्झौता गरेको थियो। सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो। तर‚ थपिएको म्याद सकिँदा समेत १२

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराएका छन् ।यस्तै,

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिएको छ ।  मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस) बाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रका तीन मन्त्री थप गरेका हुन् ।  माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त भएका छन् ।  त्यस्तै नेकपा (एस) बाट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषिको राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ निय...

बागमती प्रदेश सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए

न्युज अफ नेपाल, काठमाडौं ।  वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्रीसहित एक राज्यमन्त्रीलाई नियुक्त गरेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, कृषि तथा […]

बागमती प्रदेश सरकार विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

अल्पमतमा रहेको बागमती प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन्।  नवगठित मन्त्रिपरिषदमा केशवराज पाण्डे भौतिक पूर्वाधार, विजय सुवेदी...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।यस्तै नवनिय

बागमती प्रदेशमा १७ हजार सक्रिय संक्रमित, बुधबार १८ सय बढी थपिए

हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय  ६, भक्तपुरमा एकसय  ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि  भएको छ।नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जना

कुन प्रदेशमा आज कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ८,३६३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ४,०२०, गण्डकीमा १,१५२ र प्रदेश १ मा १,०६९ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिममा ६९७, प्रदेश २ मा ५१० र कर्णालीमा २३२ जना सङ्क्रमित थपिएका छन्।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ९,३०५ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ४,३६३ र लुम्बिनीमा १,६४० जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, प्रदेश १ मा ८९१, प्रदेश २ मा ३४२, गण्डकीमा ५२०, कर्णालीमा ३२८ र सुदूरपश्चिममा ८८१ जना सङ्क्रमित थपिएका छन्।

बागमती प्रदेशमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा सो अवधिमा ३ हजार २५९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार उक्त अवधिमा प्रदेश १ मा ३२४, प्रदेश २ मा ३०९, गण्डकीमा ८१, लुम्बिनीमा १ हजार ४११, कर्णालीमा १३६ र सुदुरपश्चिममा १३७ जना संक्रमित थपिएका छन्।