९ महिनापछि गाडी तार्ने फेरी सञ्चालनमा ल्याइयो

कालिकोट : जिल्लाको स्थानीय हाट बजार शिवनगर जितेगडाको कर्णाली नदीमा गाडी ओहोरदोहोर गर्न बनाएको फेरी पुनः सञ्चालनमा ल्याइएको छ। गत वर्ष असारको अविरल वर्षापछि नदीले बगाएर लगेपछि मंगलबार पुन संञ्चालनमा ल्याइएको हो। गत असारमा आएको बाढीले जितेगडामा रहेको फेरी बगाएको थियो। फेरी बगाएपछि यातायातका साधन आवतजावतमा समस्या आएको थियो। कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरे सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालिकोट ल्याउनुपर्ने बाध्यता थियो। उद्योग वाणिज्य संघ कालिकोटक

सम्बन्धित सामग्री

पललाई फेरि तनहुँ ल्याइयो

नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।  डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्न

एक दिनमै ७ अर्ब निक्षेप थपियो तर बैंकर भन्छन् : यो वर्ष तरलता सहज हुँदैन

माघ १५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एक दिनमै रू. ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ र १३ गतेको बीचमा बैंकहरुमा यो रकम जम्मा भएको हो । एक दिनमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको भएपनि तरलता सहज यो वर्षभरी नै नहुने बैंकरहरुको भनाइ छ ।   अहिले पनि बैकहरुमा तरलता अभाव नै रहेको एक जना बैंकरले जनाकारी दिए । एक दिनमा रू.७ अर्ब बैंकहरुमा निक्षेप थपिएको भएपनि तरलता सहज हुन अझै समय लाग्ने ती बैंकरले बताए । ‘अहिले पनि सिडि रेसियो ९० प्रतिशतभन्दा माथि छ । अहिले त्यतिधेरै डिपोजिट बढिसकेको अवस्था हैन । २७ ओटा वाणिज्य बैंकहरुमा रू.७ अर्ब थपिनु कुनै ठूलो कुरा हैन’, उनले भने । रेमिट्यान्स घट्दै गएकाले पनि तरलतामा प्रत्येक्ष प्रभाव पर्ने गरेको ती बैंकरले बताए ।   १३ गतेसम्म बैंकहरुमा रू.४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जम्मा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुको रू.४३ खर्ब १ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी निक्षेप विकास बैंक र फाइनान्स कम्पनीहरुको रहेको छ ।   बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा र निक्षेपको अनुपात (सिडी रेसियो) मा पनि सुधार देखिएको छ । माघ १२ गते ९० दशमलव ६० प्रतिशत पुगेको सिडी रेसियो १३ गते शून्य दशमलव १२ विन्दुले घटेको छ । राष्ट्र बैंकले वेवसाइडमा राखेको तथ्यांक अनुसार १३ गते सिडी रेसियो घटेर ९० दशमलव ४८ प्रतिशत कायम भएको छ ।  राष्ट्र बैंकले वेबसाइटमा सिडि रेसियो वाणिज्य बैंकहरुको मात्र राखेको छ । सिडी रेसियो भनेको बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कार्जाबीचको अनुपात हो । सिडि रेसियो बढ्दै गएर ९० प्रतिशतभन्दा माथि पुग्यो भने बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन् भन्ने बुझिन्छ । बैंकहरु ऋण दिने अवस्थामा नआउनुलाई तरलता अभाव (क्रेडिट क्रन्च) भनिन्छ । यसरी कर्जा प्रवाह निक्षेपको तुलनामा बढ्दै गएपछि राष्ट्र बैंककले मौद्रिक नीति २०७८/ ७९ मा वाणिज्य बैंकले आगामी असार मसान्तसम्म सिडि रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने व्यवस्था गरिदिएको छ ।  त्यस्तै अहिले तरलता स्थिर अवस्थामा रहेको भएपनि सहज हुन समय लाग्ने अर्का बैंकरले बताए । अहिलेकै अवस्था रहिरहने हो भने आगामी दिनमा पनि तरलता सहज हुने कुनै छाटकाँट नदेखिएको उनको भनाइ छ । ‘तरलता अहिले नबिग्रिएको अवस्था हो । जुन हिसाबले स्थिति बिग्रिदै गएको थियो, सरकारले स्थानीय तहमा पठाउने रकम ५० प्रतिशतलाई बढाएर ८० प्रतिशत बनाएपछि सिडी रेसियोलाई ट्राकमा ल्याइयो । त्यसबीचमा सिडी रेसियो घटेर ९० प्रतिशत तल झरेको थियो । फेरी सिडी रेसियो ९० प्रतिशतमाथि पुगेको छ । पहिला जस्तो क्रेडिट ग्रोथ भएको अवस्था छैन्,’ उनले भने । यो आर्थिक वर्षमा तरलता सहज भएर बैंकको ब्याजदर घट्ने कुने संकेत नरहेको उनले बताए ।  बैंकको ब्याजदर नघटे व्यापार/ व्यवसायलगायत शेयर बजारमा प्रभाव पर्ने एक लागनीकर्ताले जानकारी दिए ।