भरतपुर महानगरपालिका १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा नेपाली सेनाका हुद्दा मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त शव धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण, राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ भएको पुष्टि भएको छ ।