देखिने र सुनिनेबीचको विरोधाभास समकालीन नेपालमा प्रत्येक निर्वाचित सरकारको मूल विशेषता बनेको छ । स्थानीय निर्वाचन घोषणा भएयता सार्वजनिक भइरहेका पाँचवर्षे प्रगति विवरणहरूले नेपालका गाउँबस्तीमा गहिरिएको संकटका सांस्कृतिक, आर्थिक र राजनीतिक आयामलाई छताछुल्ल पारिरहेका छन् ।