विश्वको पहिलो सुपरसोनिक विमान, एक्स–५९ पहिलो परीक्षण उडानको लागि तयार भएको छ । नासाले १५०० किलोमिटर प्रतिघण्टा उड्ने सुपरसोनिक विमान परीक्षणको तयारी अन्तिम चरणमा पुर्याएको हो । सुपरसोनिक कमर्शियल एयरलाइनर कन्कोर्ड अन्तिम पटक उडेको २० वर्ष पछि उड्डयन उद्योग एकदमै छिटो हवाई यात्राको युगमा प्रवेश गर्न लागेको छ ।
यसले न्यूयोर्क र लन्डन बीचको यात्रा समय लगभग तीन घण्टा ३०...
एफ–१६ जस्तो सुपरसोनिक लडाकु विमान निर्माण गर्दै आएको कम्पनी लकहिड मार्टिनले आवाजको गतिभन्दा तीव्र गतिमा उडान भर्ने नागरिक प्रयोजनको विमान निर्माण गर्ने भएको छ ।कसरी आवाजभन्दा तीव्र गतिमा उडान भर्ने, व्यापारिक प्रयोजनको विमानको ढाँचा तयार पार्ने र उत्पादन गर्ने भन्ने विषयको अनुसन्धानका लागि कम्पनीले सुपरसोनिक एरिअनसँग सम्झदारीमा पुगेको यी कम्पनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।