दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।

सम्बन्धित सामग्री

योगी सरकारले १५ करोड गरीबलाई होलीसम्म महिनैपिच्छे निःशुल्क खाद्यान्न दिने

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरीबलाई निःशुल्क खाद्यान्न वितरण गर्ने योजनालाई होलीसम्म लम्ब्याएका छन् । बुधवार अयोध्यामा भव्य दीप उत्सव कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री योगीले गरीबलाई महिनैपिच्छे १ किलो खाद्य तेल, १ किलो दाल र १ किलो नून निःशुल्क दिने जानकारी दिए । यसअघि योगी सरकारले निःशुल्क खाद्यान्न योजना अन्तर्गत हरेक महिना प्रतिव्यक्ति ५ किलो खाद्यान्न दिँदै आएको छ । जुन योजनाबाट १५ करोड प्रदेशवासी लाभान्वित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।

भारतका गरीबलाई २ महिना निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला भारत सरकारले गरीबलाई २ महिना पुग्ने खाद्यान्न निःशुल्क दिने घोषणा गरेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले राहत घोषणा गर्दै प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अन्तर्गत मे र जुन महिनाका लागि गरीब परिवारलाई प्रतिव्यक्ति ५ किलोग्रामका दरले निःशुल्क अन्न वितरण गर्ने जानकारी दिए ।सरकारक...

कोभिड-१९ : ८० करोड भारतीयलाई तीन महिना निःशुल्क खाद्यान्न

भारत सरकारले कोरोना (कोभिड—१९) महामारीसँगै आर्थिक समस्याबाट गुज्रिएका मानिसका लागि २२ अर्ब डलर छुट्याएको छ ।