काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छिन्।चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात-निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन्।चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बुधबार बोल्दै उनले चीनबाट भूकम्प, कोभिडजस्ता महामारीमा सहयोग गरेकोमा प