एमालेबाट कैलाली ५ प्रदेशसभामा युवा नेता बिनय शाह सिफारिस

नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट युवा नेता बिनय शाह सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीको बैठकले युवा नेता शाहलाई कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट सिफारिस गरेको हो ।राष्टिय युवा संघ सुदूरपश्चिमका संयोजक तथा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका शाह युवा तथा बौद्धिक नेताको रुपमा परिचित छन् । २०६२ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।पोखरा विश्वविद्यालयमा इकाइ कमिटीको अध्यक्ष भएको करिब दुई वर्षपछि शाह अनेरास्वविय

सम्बन्धित सामग्री

विकासका मुद्दा लिएर घरदैलोमा प्रकाश देउवा

धनगढी – मंसिरमा हुने आम निर्वाचनका लागि देशैभर उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्। मतदाताका घरघरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन्। कैलाली–५ ‘ख’ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता प्रकाश देउवा भने अरुको भन्दा फरक शैलीमा मतदातामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू निर्वाचित भइसकेपछि यस क्षेत्रको विकासका लागि गर्नसक्ने प्रतिबद्धता […]

कांग्रेस नेता भण्डारीद्वारा कैलाली कारागारमा  सेनेटरी प्याड वितरण

नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलाली कारागारमा  सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण गरेका छन् । कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार भण्डारीले सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण  गरेका हुन् ।६१८ कैदीबन्दीलाई आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा स्वास्थय सामाग्री, सेनेटरी प्याड बाडेको उनले बताए । भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको बताए । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह

कैलाली–५ बाट माओवादीका युवा नेता शंकर लुहारद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, २९ साउन । आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार(धुगाल)ले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै लुहारले कैलाली क्षेत्र नम्बर ५ बाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने बताएका हुन् । उनले आफुले बहुमतसहित विजयी प्राप्ती गर्ने […]