फागुन १२, काठमाडौं । माघ मसान्तसम्म एनएमबि हाइब्रिड फण्ड एल–१ रू. ६९ लाख ५६ हजार नोक्सानीमा रहेको छ । पुस मसान्तसम्म रू. १ करोड ८२ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ महीनामा आम्दानी घटेकाले नोक्सानी व्यहोर्नु परेको हो ।
पुस मसान्तसम्म रू. ३ करोड २३ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने रू. ९३ लाख ८२ हजार मात्र आम्दानी गरेको हो । खर्च भने पुस मसान्तसम्म रू. १ करोड ४० लाखभन्दा बढी भएको थियो भने माघ मसान्तसम्म रू. १ करोड ६३ लाखभन्दा बढी भएको छ ।
माघ मसान्तसम्म धितोपत्रमा कमिशन सहित रू. ९१ करोड ९२ लाख ७२ हजार लगानी गरेको योजनाको उक्त लगानीको बजारमूल्य रू. १ अर्ब ११ करोड ८१ लाख ३९ हजार रहेको छ । योजनाको धितोपत्रमा लागत मूल्यभन्दा बजारमूल्य बढी रहेको हो ।
बैक मुद्दती निक्षेपमा भने योजनाले माघ मसान्तसम्म रू. १५ करोड लगानी गरेको छ । बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।
माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १४ दशमलव ८२ रहेको छ । पुस मसान्तसम्म यो मूल्य रू. १५ दशमलव शून्य ८ रहेको थियो ।