कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको १३ पुस, २०७९ मा एक बैठक बस्यो । उक्त बैठकले दोस्रो त्रैमासिक तलब निकासा हालसम्म पनि नभएकाले छिटो निकासा गरिदिन नगरपालिकालाई अनुरोध गर्यो । पछिल्लो तीन महिनाको तलब पाउन नसकेको भन्दै उनीहरूले नगरपालिकालाई तलब निकासाका लागि अनुरोध गरेका हुन् । भीमदत्त नगरपालिकाभित्र मात्र नभएर अधिकांश पालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाई तलब उपलब्ध गराउने गरेका छन् ।काठमाडौं महानगरपालिकाले समेत कात्तिकदेखि शिक्षकहरूलाई तलब खुवाउन स