सुशील नेपाल
मैले बेहोरेको एउटा बस्ती थियो–
समयको गोरेटोमा
विस्मृतिको खास्टो ओढेर
सुस्तसुस्त पदचापले
चुपचाप बिदा भयो,
हल्का सम्झना छ–
पाकोको मिठाई पसल,
भोटहिटीको पुस्तक पसल,
असनको ‘क्याप हाउस’,
जमलको मोमो,
त्यो बिट्रिस लाइब्रेरी,
फ्रस्टिंंयाक रेस्टुराँमा पाक्ने विदेशी परिकार,
बेग्लै आनन्दको मौलिक आभास
पार्कमा बसेर बदाम छोडाएको,
पार्क रेस्टुराँको ज्याज,
स्वीट भ्यालीको समोसा,
नयाँसडकके चुरा पसल,
न्यानो खास्टो,
न्यानो चप्पल,
सुन्दर यौवनाहरूको
मादक मुस्कानको घातक प्रहारले
छटपटिएर
मुटु ढुकढुक गर्दै
कुरा कोट्ट्याउन सँगालेको आत्मबल
साक्षी...