काठमाडौँ । बेलायत सरकारले नेपाली नर्सलाई शून्य लागतमा रोजगारीमा लैजाने भएको छ । सोमबार बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । बेलायतको स्वास्थ्य सेवामा नेपाली स्वास्थ्यकर्मीको सेवा–सुविधा […]