बेलायतमा नेपाली नर्स पठाउन के–के गृहकार्य हुँदैछ? कस्ता छन् सर्त?

पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ। यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्।

सम्बन्धित सामग्री

छ महिनापछि बेलायतमा नेपाली नर्स लैजान सुरु गरिने

काठमाडौं । रोजगारीका लागि बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति लैजानको लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । जीटुजी प्रक्रियामार्फत् बेलायतमा नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउन सात बुँदे समझदारी भएको हो । समझादारीपछि नेपालले पहिलो चरणमा बढीमा दुई सयजना नर्सिङ जनशक्ति पठाउने भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि...

वैदेशिक रोजगार : बेलायतमा नेपाली नर्स पठाउन श्रम सम्झौता हुँदै

काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार गर्ने सहमति भएको छ । नेपाल र बेलायतका अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझदारी गर्न दुवै पक्षले प्रक्रिया अगाडि बढाएका छन् । बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालका अनुसार नर्सको रूपमा बेलायतको रोजगारीमा जानेले कुनै शुल्क तिर्नुपर्दैन । ‘यो बैठकले बेलायतमा कति जना नर्स लैजाने भन्ने टुंग्याएको छैन । श्रम समझदारी गर्ने सहमति भने भयो,’ उनले भने, ‘छनोट भएका नर्सले भाषा परीक्षाको तयारी गर्दा लागेको शुल्कसमेत बेलायतले नै बेहोर्नेछ ।’ नेपालबाट छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्ने भुसालले बताए । नेपाल र बेलायतबीच जीटुजी प्रक्रियामार्फत नेपाली नर्स पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन समेत बेलायत सरकारले सहयोग गर्नेछ । नेपालमा नर्स उत्पादन बढाउन छात्रवृत्ति दिएर सहयोग गर्ने प्रतिबद्धता बेलायत सरकारले व्यक्त गरेको छ । नर्सहरूको करार अवधि पाँच वर्षको हुनेगरी नेपालले प्रस्ताव गरेको छ । रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिएको छ । श्रम मन्त्रालयका अनुसार बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हुनेछ । यूरोपका उच्च आय हुने मुलुकहरूसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने मन्त्रालयले बताएको छ । श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत गर्न सकिनेछ । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । ९ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्यांक छ । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न जाँदै छन् ।

बेलायतमा नेपाली नर्स पठाउने विषयमा आज पहिलो चरणको छलफल हुँदै

बेलायत सरकारको प्रस्ताव अनुसार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिबीच आज शुक्रबार पहिलो चरणको बैठक बस्न लागेको हो।

बेलायतमा नेपाली नर्स पठाउन सम्झौता गरिदै, पहिलो चरणमा २ हजार जना पठाइने

बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]

बेलायतमा नेपाली नर्स पठाउन के–के गृहकार्य हुँदैछ? कस्ता छन् सर्त?

पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ। यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्।