कास्की जिल्लामा एक मतदान स्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ । जिल्लामा पोखरा महानगरपालिका–३० स्थित सरस्वती आधारभूत विद्यालय मतदानस्थल सोही वडाको त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा गाभिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्ता माविमा एक मतदानस्थल थपिएको छ । जिल्लामा कूल एक सय ५० मतदानस्थल रहेकामा एउटा गाभिएको र एउटा थपिएका कारण सोही सङ्ख्या नै यथावत रहेको उनले जानकारी दिए ।भौगोलिक