विराटनगर : भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्।पहिचान पक्षधरहरूले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्।पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए। उनका अनुसार पक्राउ प