पोखरिया, ११ असोज । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास्थ्य सेवा विस्तारको अभियानमा जुट्ने गरेको उनीहरु बताउँछन् । […]