पहिरोले बेपत्ता १३ जनाको खोजी जारी

कालीकोट। लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलाम गएका १३ जनालाई पहिरोमा परी बेपत्ता भएका छन्। मलाम गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। उनका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पुर्याएको अनुमान गरिएको छ।

सम्बन्धित सामग्री

संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

कैलाली– हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् । यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन । […]

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

रुकुम (पूर्व) : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन्। बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर…

बेपत्ता विमानको खोजी जारी

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमानको खोजी जारी छ । आइतबार राति अबेरसम्म पनि विमान सम्पर्कविहीन छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराए । राष्ट्रियसभाको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका […]

रुबी भ्यालीको पहिरोमा पुरिएकाहरुको खोजी जारी

धादिङ, ३० पुस । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्नेक्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । पहिरामा पुरिएर बेपता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । उनीहरुको […]

हिमाल आरोहणमा बेपत्ता तीन फ्रान्सेलीकाे हेलिकप्टर र पैदलमार्गबाट खोजी जारी

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन् । आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट गत असोज १८ गते खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरु कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन […]

नदीमा बेपत्ता युवकको अवस्था अज्ञात

सल्यान- नुहाउने क्रममा बबई नदीमा शुक्रबार बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात छ । कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरीले खोजी जारी राखे पनि फेला पार्न सकेको छैन । आज पनि उनको खोजी जारी राखिने डीएसपी गोविन्द थापाले जानकारी दिए ।

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...

मेलम्ची बाढी : बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक, २ असार: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् । जिल्लामा व्यवस्थापन र […]