नेपालको आफ्नै स्याटेलाइट स्थापनाका लागि परामर्श सेवा दिन चार विदेशी कम्पनीले प्राविधिक प्रस्ताव बुझाएका छन् । प्राधिकरणले आह्वान गरेको स्याटेलाइटको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि परामर्श सेवा दिन पाँच कम्पनीसँग प्रस्ताव माग गरेकोमा चार कम्पनीले मात्र प्राविधिक प्रस्ताव पेस गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । बिहीबार प्राविधिक प्रस्ताव पेस गर्ने अन्तिम दिन थियो ।