मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताले सत्ता गठबन्धनको जग हल्लाइदिएको छ ।
हल्लिएको जगको राजनीतिक रेट्रोफिटिङ हुन सक्ने वा नसक्ने निर्क्यौल आज साँझको गठबन्धन बैठकले गर्नेछ ।
एमसीसी अघि बढाउन सबै दल सहमत हुँदा गठबन्धन जगैदेखि बलियो हुनेछ भने एमसीसीमा फरक मत राखिरहेका दलहरूले अडान नफेर्दा गठबन्धन भत्किने निश्चित जस्तै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको आजको बैठकमा एमसीसीबारे सत्ता सहयात्री दलहरूको अन्तिम निर्णय सोध्ने तयारी गरेका छन् ।
एमसीसीमा प्रधानमन्त्रीलाई सहयोग गर्न नसक्ने दलह...