भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : दाहाल [अन्तरवार्ता]

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत रहेका छन् । दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । भारत भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्रिय समाचार समिति (रासस)का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंश : प्रधानमन्त्रीज्यू, यहाँको चौथो भारत भ्रमणलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो । मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा मैले महसुस गरेको छु ।  भ्रमण सफलताका आधारहरू के–के हुन् ? पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो । त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो । यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु । तीन पटक नै ‘वान टु वान’ वार्ता भएको त होइन, ‘वान टु वान’ त एक पटक नै हो । अरु कार्यक्रममा जाने क्रममा पाँच÷सात मिनेट हामी दुई जना मात्रै बसेर कुरा गर्ने अवसर भयो । त्यसअर्थमा पनि हरेक पटक अलि खुलेर विश्वासको वातावरण बनाउने र केही परिणाम निस्कने किसिमले जानुपर्छ भन्ने बन्यो ।  दोस्रो, हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौं, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो । प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो । नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पु¥याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ ।  भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ, यसको अर्थ के हुन सक्छ ? उहाँ पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको थियो । बीचमा जुन ‘गति’मा जानुपर्थ्यो, गएन । अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु । नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।  सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ । प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो । स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको हो भनेर बताउनुभयो । नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ । बङ्गलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ । नेपालले इतिहासको तथ्यतथ्याङ्कका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ । अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो प¥यो भने सट्टपट्टा गर्ने चलन पनि छ । तर अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौं । नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ । तर, यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरुपले प्रवेश गरेको विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ । यो सत्य हो ।  भारतसँगको विद्युत् व्यापारमा केही महत्त्वपूर्ण निर्णय भएका छन्, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर विक्री गर्ने अवस्था सिर्जना भएको हो ? नेपालमा लामो समयदेखि बिजुली उत्पादन गर्ने तर बजारको सुनिश्चित नहुँदा उत्पादन मात्रै गरेर के हुन्छ भन्ने प्रश्न लगानीकर्ता र नेपाली विज्ञको मनमा रहँदै आएको प्रश्न हो । भारतसँग दीर्घकालीन व्यापार सम्झौता होस् भन्ने नेपालको चाहना हो । यसपटक त्यो विषयमा सम्झौता सम्पन्न भयो । १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफैले प्रष्ट भाषामा भन्नुभयो । त्यसको औपचारिकता करिबकरिब केही दिनभित्र सबै टुङ्गिन्छ । यो ठूलो उपलब्धि हो ।  बजारको सुनिश्चिताको अभावले लगानीकर्तालाई लगानी गर्न जुन समस्या हुन्थ्यो, त्यो अब रहेन । अब हामीले छिटोछिटो उत्पादन गर्ने दिशातर्फ जान सकिन्छ भन्ने मलाई लाग्छ । जे भए पनि यो समझदारी नेपालको राष्ट्रिय हित र दीर्घकालीन हितका निम्ति धेरै नै महत्त्वपूर्ण सहमति हो । यसले नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन्छ भन्ने मेरो विश्वास हो । पश्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, एक वर्षमा मोडालिटी निर्माण गर्ने भनेर भनिएको छ, त्यसलाई संयुक्तरूपले घोषणा गरिएको छ । २६ वर्षदेखि रोकिएको कामलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रिया शुरु भएको छ । यो नेपालका लागि खुसीको कुरा हो । नेपाल, भारत र बङ्गलादेशका बीचमा विद्युत् व्यापारका सम्बन्धमा जे सहमति बन्यो । भारत र बङ्गलादेश, नेपाल र बङ्गलादेश, नेपाल र भारतबीच सबैका बीचमा सहमति भइसकेको छ । यो पनि नेपालको विद्युत् व्यापारका क्षेत्रमा यसले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । यो नेपालको राष्ट्रिय हितमा भएको अर्को महत्त्वपूर्ण उपलब्धि हो ।  १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा केबल घोषणामै सीमित हुने हो कि भन्ने आशङ्का उब्जेको छ, यो कसरी अगाडि बढ्छ ? यसमा कसैले पनि आशङ्का गर्नु कुनै ठाउँ छैन । दुई ओटा प्रधानमन्त्रीले औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । भारतले केही प्राविधिक कारणबाट ‘क्याबिनेट’ बैठक बस्न बाँकी हो भनेर हामीलाई विश्वास दिलाएको छ । प्रधानमन्त्री मोदीजस्तो शक्तिशाली नेताले घोषणा गरेको कुरामा शङ्का गर्नु हाम्रै कमी कमजोरी हो जस्तो हुन्छ । शङ्का गर्ने कुनै ठाउँ छैन, यो अगाडि बढ्छ ।  हवाई प्रवेश बिन्दुको विषय नेपालले उठाएको थियो, यस सन्दर्भमा के कुराकानी भयो ? एयर रुटका विषय नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको विषय हो । यसपटक पनि मैले धेरै तयारीका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र अधिकारीलाई यस विषयमा छलफल गर्न पहिले पनि दिल्ली पनि पठाएको हो । कुराकानी पनि भएको हो । सिमराबाहेक हामीलाई सिधैं अन्तरराष्ट्रिय एयर रुटका रुपमा कम्तीमा एउटा रुट दिन भनेको हो । त्यहीस्तरमा त यो पुगेन अहिले, तर कम ‘अल्टिच्यूड’का जहाज भारतका विभिन्न सहर र नेपालगञ्ज जोड्ने भन्ने भएको छ, यो प्रारम्भिक राम्रो सङ्केत हो । हामीले खोजेको जस्तो त होइन । प्रधानमन्त्री मोदीसँग कुरा हुँदा पनि मैले भनेको छु, कम ‘अल्टिच्यूड’बाट जहाज उड्न दिने सहमतिले एउटा सङ्केत त गरेको छ, नेपालको आवश्यकता र चाहनलाई सम्बोधन गरेको छैन, हामी के आशा गर्छौँं भने छिट्टै फेरि ‘हाइअल्च्यिूड’ जहाज पनि आउने गरी महेन्द्रनगर वा नेपालगञ्ज जता भए पनि एउटा एयर रुट प्राप्त हुने विश्वास गर्छौँं भनेका छौं । मसँगको कुराकानीमा भारत सकारात्मक भएको पाएको छु । जे भए पनि एयर रुटको विषय जुन स्तरमा छलफल भयो र प्रारम्भिकरूपमा जुन सहमति भएको छ, नेपालका लागि महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।  भारतको सबैभन्दा सफा सहर इन्दौरको भ्रमण गर्नुभयो, यहाँको फोहर व्यवस्थापनसम्बन्धी अभ्यासका बारेमा पनि जानकारी लिनुभयो । नेपालमा फोहर व्यवस्थापन चुनौतीका रुपमा हेरिएको छ । यसबाट केही सिक्न सकिन्छ ? इन्दौर भारतकै प्रमुख सफा सहरमा दर्ज भएको छ । इन्दौरबाट केही सिक्न सकिन्छ हेरौं भन्ने उद्देश्यबाट पुगिएको हो । हिजो हामीले त्यसको अवलोकन पनि ग¥र्यौं । प्रस्तुति पनि हेरियो । यसबाट हामीले पाठ सिक्ने कुरा छन् । मैले के महसुस गरें भने सबैभन्दा ठूलो कुरा सरकारको प्रतिबद्धता हो । सरकार कति दृढ इच्छाशक्तिका साथ अगाडि जान चाहन्छ भन्ने महत्त्वपूर्ण देखें । मध्यप्रदेश सरकार र इन्दौर नगरपालिकाको जुन पहलकदमी र प्रतिबद्धता देखें, यो धेरै ठूलो हो । सफा सहर बनाउन हर व्यक्तिले मेहनत गर्नुपर्छ भन्ने मनोभावना र चेतना पैदा गर्ने कुरा महत्त्वपूर्ण रहेछ । हाम्रा सन्दर्भमा आमजनतामा चेतना ल्याउनुपर्छ भन्नेमा पनि यो सम्बन्धित छ ।  भारत भ्रमणबाट प्राप्त उपलब्धिका बारेमा नेपाली जनतालाई भन्न बाँकी केही छन् ? यसपटकको भारत भ्रमणको दीर्घकालीन र रणनीतिक अर्थ र महत्त्व रहेको मैले मसहुस गरेको छु, कताकता नेपालमा हरेक कुरालाई नकारात्मक र शङ्काका नजरले हेर्ने भएका छौं । तर, मलाई लाग्छ, यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ । 

सम्बन्धित सामग्री

तीन वर्षपछि सञ्चालनमा आयो पुष्पाञ्जलि हल

तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए ।दर्शकको माग र नजिकिँदै गरेकाे चाडपर्वलाई ध्यानमा राखेर हल संचालमा ल्याइएको बताइएको छ । हलमा आजबाट प्रेम गीत ३ प्रदर्शनमा आएको छ । हल दशैं, तिहार खुल्ने र त्यसपछि नयाँ तरिकाबाट निर्माणका लागि केही समय बन्द रहने संचालक कायस्थले जनकारी दिए ।

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

खुल्यो फिल्म हल

कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन । देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘केही हल खुल्न बाँकी पनि होलान्, ती पनि विस्तारै खुल्छन्,’ शर्माले भने ‘तिहार अगाडि फिल्म रिलिजको वातावरण पहिलेझै हुन्छ ।’गत वैशाखबाट बन्द रहेका हल केही अगाडि खुल्ने तरखरमा थियो । तर, प्रदर्शनका ला

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय

यसपटक हामी हल खुलाउन पहल गर्दैनौः अशोक शर्मा

पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो । तर, यसपटक भने चलचित्र संघले हल खुलाउन पहल नगर्ने बताएको […]

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चि

कुमारी हल सदाको लागि बन्द हुँदै

काठमाडौं। ३७ वर्ष लामो इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागि बन्द हुने भएको छ। कुमारी हल कोरोनाका कारण ठप्प भएपछि बन्द हुने भएको हो। उक्त भवन अन्य प्रयोजनको लागि प्रयोग गरिने सञ्चालकले बताएका छन्। कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकले बताएका छन्।

कुमारी हल सधैका लागि बन्द

काठमाडौंँ । कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफए

जय नेपालपछि कुमारी हल पनि सधैँका लागि बन्द

क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ । क्यूफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द गरिएको हो ।

फिल्म हल फेरि बन्द हुने

काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन । फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेने