काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सोमबार काठमाडौँमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो । बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। […]