एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा सञ्चालक नियुक्ति

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १०२औं सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेकी अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको बताइएको छ ।सञ्चालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्याससहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए । संस्थाले स्थापना भएको छोटो समयमा नै […]

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए । नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् ।

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा शुक्रवार सुनसरीको धरानमा सम्पन्न भएको छ । सभाले विभिन्न एजेन्डासहित संस्थाको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको बताइएको छ । सभाले संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दिपक ढकाललाई सञ्चालक पदमा निर्वाचित गरेको छ ।

एनआईसी एशिया लघुवित्तद्वारा कम्बल वितरण

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चिसोबाट प्रभावित ४३० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाले चितवनको कुरिनटार, डडेल्धुराको गोकुलेश्वर, बैतडीको पाटन, रुकुमको मुसिकोट र चौरहझारी, सल्यानको बागचौर, जाजरकोटको खलंगा र ढल्ली, डोटीको मैवा शाखाले सम्बन्धित स्थानमा बसोबास गर्ने ४३० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।केही दिन यता लगातार हिमपात तथा चिसो बढ्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १३ रुपैयाँले घटेर प्रतिकित्ता रु. १ हजार ६०३ पुगेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४ गुणा अर्थात् २४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ५ करोड २६ लाख खुद नाफा गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १८ करोड ३० लाख पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४२ प्रतिशत र सञ्चालन नाफा २२० प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव २९ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ३२ दशमलव ७५ पुगेको  हो । चुक्ता पुँजी रु. १ अर्ब ७३ करोड ९४ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ७९ करोड ५३ लाख सञ्चित गरेको छ । जगेडा कोष पनि गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४९ प्रतिशतले वृद्धि भएको हो । निष्कर्ष कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोरप्राइस डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कारोबार अन्योलमा रहेको संकेत गर्छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य खरिद विक्री गर्न अठोटको अभावलाई देखाउँछ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ८८ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ६०३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए रु. १ हजार ६७३ मा प्रतिरोध पाउने देखिन्छ ।

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिपेश खेतान नियुक्त

जेठ १४, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहमा रिक्त रहेको सञ्चालक पदमा दिपेश खेतान(अग्रवाल) लाई नियुक्त गरेको छ ।    बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारण सभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

कर्णाली प्रदेशको जाजरकोट जिल्लामा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।गत साउन ३२ गते यी दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएर […]

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था मर्जरको अन्तिम सम्झौता पारित

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गाभिँदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने÷गाभिने