एनआईसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएका छन् । यी दुई कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धित शेयरधनीहरूको खातामा जम्मा गरिदिएका हुन् ।  एनआईसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित १४.७५ प्रतिशत नगद लाभांश शेयरधनीहरूको हितग्राही खाता अद्यावधि रहेको बैंक खातामा जम्मा गरिदिएको हो । त्यस्तै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित ८.४२ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन शुरू गरेको हो । हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरूले बैंक खाता हितग्राही खाता अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दुवै कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   एनआईसी एशियाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्  तारागाउँ  रिजेन्सी होटल्सको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्