मेरो घर बाहिर अलिपर एउटा दूध डेरी छ। त्यसछेउ रहेको गल्लीमा कच्याक-कुचुक परेको एउटा चोक छ। त्यहाँ ६ वटा कुकुर बस्छन्। खरानी रङ्गको सिमेन्टको घरमा टाँसिएर बस्ने ती कुकुरहरू कहिलेकाहीं त्यही घरको भित्तामा नै बिलाउँछन्। झन् बाटोमा हिंड्ने बटुवाले त उनीहरूलाई देख्दै देख्दैनन्। कहिलेकाहीं खाना पाइहालेछन् भने फुत्रुक्क उफ्रेर निस्किन्छन्। अनि बटुवालाई ढ्याप्पा गर्दिन्छन्। आबुई […]