राजधानीमा सात महिला संगठनले मनाए ८ मार्च (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। अखिल नेपाल महिला सङ्घसहितका सात महिला सङ्गठनले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले क्लारा जेट्किनको नेतृत्वमा भएको ऐतिहासिक र गौरवशाली सङ्घर्षका कारण ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने अवसर प्राप्त भएको बताउनुभयो । त्यतिबेला र अहिलेको अवस्था धेरै फरक रहेको बताउँदै उहाँले विश्वभरिका प्रत्येक परिवर्तनकारी आन्दोलनमा महिला सहभागिता उल्लेख्य रहेको बताउनुभयो । ‘नेपाल र विश्वभरिका हरेक न्यायपूर्ण आन्दोलनमा महिलाको गौरवशाली सहभागिता र भूमिका रहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘कम्युनिस्ट आन्दोलनमा पनि महिलाको उल्लेखनीय सहभागिता रहेको छ ।’ गतकालको तुलनामा महिला सहभागिता बढेको बताउँदै उहाँले सामाजिक क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘नेपाली समाजमा छाउपडी प्रथा छ; महिलामाथि हिंसा, बलात्कार भइरहेको छ’ उहाँले भन्नुभयो– ‘सम्पत्तिमा समान अधिकार, गर्भपतनको स्वतन्त्रता, समान कामका लागि समाज पारिश्रमिक, विवाह र सम्बन्ध–विच्छेदको स्वतन्त्रताजस्ता विषयका लागि अझै सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।’ महिला आन्दोनलमा नारीवादी प्रभावसमेत रहेको बताउँदै प्रवक्ता पुरीले भन्नुभयो– ‘हामीले खोजेको न त नारीवाद हो, न पुरुषवाद; हामीले खोजेको त सामाजिक समानता हो ।’ उहाँले महिला आन्दोलनमा मूलतः महिलाकै सहभागिता आवश्यक रहेको बताउँदै यो आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसित जोड्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सामन्तवादी समाजको तुलनामा पुँजीवादी समाजमा महिलाले बढी अधिकार पाएको बताउनुभयो । ‘सामन्तवादी युगमा महिलालाई सम्पूर्ण रूपले घरभित्र थुनेर राखिएको थियो’ उहाँले भन्नुभयो– ‘महिलाहरू पनि उत्पादक शक्ति हुन् भन्ने विश्वास सामन्तलाई विश्वास नभएकाले यस्तो गरिएको थियो ।’ उहाँले कलकारखानामा रहेर महिलाले मजदुरको रूपमा पुरुष मजदुरसरह आन्दोलनमा भाग लिएको पनि बताउनुभयो । ‘विकसित मुलुकका मजदुरले गर्ने प्रत्येक न्यायपूर्ण आन्दोलनमा महिला मजदुरको सहभागिता रहने गरेको छ’ उहाँले भन्नुभयो– ‘कारखानाभित्र मजदुरमाथिको उत्पीडनका विरुद्ध महिला मजदुर पनि सडकमा ओर्लिए ।’ उहाँले मजदुर आन्दोलनको रूपमा महिलाको योगदान पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । अमेरिका, युरोपलगायत विश्वभरिका महिलासमेतको सहभागितापूर्ण आन्दोलनको सम्मानमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा नामकरण गरिएको पनि उहाँले ...

सम्बन्धित सामग्री

राजनीतिमा मधेसी महिला

आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ।...

महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक

प्राडा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक 'स्वस्थ महिला' वी रिडले बजारमा ल्याएको छ।

महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक

प्राडा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक 'स्वस्थ महिला' वी रिडले बजारमा ल्याएको छ।

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ,२५ साउन । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकि छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा […]

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।...

महिला हिंसाविरुद्ध दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

महिला हिंसाविरुद्ध ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन  सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सम्मेलनले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीमाथि हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् ।महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीले विश्वव्यापी सन्धीको आह्वान गरेका छन् । नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका वरिष्ठ महिला अधिकारकर्मी सहभाग

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

राजनीतिमा महिला

अहिलेको समय हेर्ने हो भने महिला र पुरुषमा खासै भिन्नता गरेको देखिँदैन । तर, यो विकसित क्षेत्रमा मात्र लागू छ । पढेलेखेका मानिसहरूबाटै पनि महिला–पुरुषमा भिन्नता गरेको हामीले पाउने गरेका छौं । पुरुष र महिला समान हुन्, एक रथका दुई पाङ्ग्रा हुन् भन्ने धेरै सुन्दै आएको कुरा हो । एक्काइसौं शताब्दीमा आएर बल्ल महिला पनि […]