आज दिग्गज अभिनेत्री नर्गिस दत्तको पुण्यतिथि । नर्गिसले हिन्दी सिनेमालाई एकसे एक फिल्म दिएकी छिन् । तर ‘मदर इन्डिया’ मा उनको चरित्र शताब्दीयौंसम्म याद रहनेछ । अभिनेत्री नर्गिस दत्तको जन्म १ जुन १९२९ मा कलकत्तामा पञ्जाबी मुस्लिम परिवारमा भएको थियो । उनको वास्तविक नाम फातिमा राशिद थियो । उनका पिताको नाम उत्तमचन्द मूलचन्द र आमाको नाम जद्दनबाई थियो । नर्गिसकी आमा शास्त्रीय गायिका थिइन् र हिन्दी सिनेमामा पनि उनको धेरै नाम थियो ।६ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेका थिएःनर्गिस