रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौ : रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सले प्रकाशित गरेको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबी...

सम्बन्धित सामग्री

देउवा र मोदी टेलिफोन वार्ता, छिट्टै नेपाललाई खोप उपलब्ध गराउने आश्वासन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज टेलिफोनमा कुराकानी भएको छ। 'द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा हामीले धारणा साटासाट गर्‍यौँ,' मोदीसँग कुराकानी पछि देउवाले ट्विटरमा लेखेका छन्। वार्तामा मोदीले छिट्टै कोरोना खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विटरमा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र कोरोना विरुद्धको लडाइँका विषयमा कुराकानी भएको बताएका छन्।

चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र

काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।

चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो । चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका […]

जापानले नेपालसहितका देशलाई कोभ्याम्समार्फत कोरोना खोप उपलब्ध गराउने

असार २९, काठमाडौं । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एशियाली मुलुकहरुलाई १ करोड १० लाख मात्रा कोरोना खोप दिने बताएको  छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलवार अक्सफोर्ड– अस्त्रजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् । उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ । जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महीनाभित्र ती देशमा पुग्ने बताइएको छ ।

जी–७ ले १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई दिने

जी–७ समूहका नेताले अर्काे वर्षसम्म १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई उपलब्ध गराउने घोषणा गरेका छन्।...

अमेरिकाले नेपाल लगायत ९२ देशलाई ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर-बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन्। सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन्।

बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

२८ जेठ, काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री […]

अमेरिकाले कोरोना खोप बनाउन आवश्यक कच्चापदार्थमाथिको रोक हटायो

एजेन्सी।अमेरिकाले कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चापदार्थको भारतमा हुने निर्यातमा लगाएको रोक हटाएको छ।अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने घोषणासँगै भारतमाथि लगाएको कच्चा पदार्थ निर्यात रोक पनि हटाएको हो।अमेरिकाबाट कच्चा पदार्थ आएसँगै भारतमा खोप उत्पादनमा उल्लेख्य वृद्धि हुने जनाइएको छ।अमेरिकाले नेपाल,भारत लगायत एसियाका १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा

२० जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् […]