काठमाडौं। युरोपेली युनियन (इयु)ले सन् २०२१ को अन्तसम्म विश्वका निम्न तथा मध्य आय भएका राष्ट्रलाई२०करोड कोरोना खोप उपलब्ध गराइसक्ने घोषणा गरेको छ। गत मेमा रोममा भएको विश्व स्वास्थ्य सम्मेलनमा इयुका अध्यक्ष भोन डेर लियेनले निम्म तथा मध्य आय भएका देशलाई१०करोड डोज खोप दिने घोषणा गरेका थिए। त्यसमा१०करोड डोज खोप थप गरी२०करोड डोज उपलब्ध गराउने घोषणा युरोपेली आयोगले आज गरेको हो।